सल्यान १९ माघ ।
प्रत्येक वर्ष फ्रेबअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि “आजको आवश्यकता सिमसार पुर्नस्थापना” भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा सल्यानको बन्गाड कुपिन्डे नगरपालिका र कुमाख गाउँपालिकाका स्कुलमा सरसफाई, बत्तृत्वाकला प्रतियोगिता, फोहार मैला व्यवस्थापनका समाग्रिहरु हस्तान्तरण र वृक्षरोपन लगायतका कार्यक्रम गरी दिवस मनाईएको छ । बन्गाड कुपिण्डे नगरपालिकामा रहेको त्रि.ज. मा.बि च्यारा र कुमाख गाउँपालिकाको नारायण मा.वि मा उक्त कार्यक्रमहरु गरीएको थियो ।
कार्यक्रमलाई सहजिकरण गर्दै पास्थितिक प्रणालिमा आधारित अनकुलन कार्यक्रमका विक्ष डा.दिपेन्द्र जोसीले जलवायु परिवर्तनले सिमसार क्षेत्रमा पु¥याएको असरबारे जान्कारी गराएका थिए । मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन । पछिल्लो सयम सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन् । सिमसार क्षेत्रमा असङ्ख्य जीवजन्तु तथा वनस्पतिको लागि महत्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको डा.दिपेन्द्र जोसी बताउँछन् । उनले सिमसार क्षेत्रमा वन्यजन्तु, चराचुरुङ्गी र मानिसलाई आवश्यक पर्ने पानीको उपलब्धतामा सिमसारको महत्वपूर्ण योगदान रहेको बताए । तालतलैया, पोखरीको सांस्कृतिक महत्व पनि छ यो मानवीय परम्परासँग जोडिएको छ उनले भने । कार्यक्रमका प्रमुुख अतिथि डिभिजन वन कार्यालय सल्यान प्रमुख जितेन्द्र महतले कार्यक्रमका प्रातियोगिहरुलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

