सल्यान ३१ असार ।
सेवा निवृत्त राष्ट्रसेवक संघ नेपाल जिल्ला समिती सल्यानको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सुदामा शर्माको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिती गठन गरीएको छ । जसको उपाध्यक्षमा माधव सिंह ठकुरी, सचिवमा प्रेम बहादुर बुढा, कोषाध्यक्षमा चक्र बहादुर शाह रहेका छन् । सदस्यहरुमा लाल बहादुर पाण्डे, उत्तरा बिष्ट, हुकुमराज आचार्य, यक्ष बहादुर चन्द र बशुदेव शर्मा रहेका छन् ।
तेस्तै ज्येष्ठ नागरिक सेवा समाज सल्यानको पनि जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले लोकानन्द गौतमको अध्यक्षतामा २ पदाधिकारी पछि थप्ने गरी ११ सदस्यिय जिल्ला समिती गठन गरेको छ । जसको उपाध्यक्षमा धन बहादुर हमाल रहेका छन् भने सचिव र कोषाध्यक्ष पछि मनोनयन गरिने नव निर्वाचित अध्यक्ष लोकानन्द गौतमले जानकारी दिएका छन् । सदस्यहरुमा यक्ष बहादुर चन्द, दिपेन्द्र प्रकाश शर्मा, दल बहादुर केसी, कर्ण बहादुर हमाल, उमलाल भण्डारी, हुकुम राज आचार्य र अमृत बहादुर शाह रहेका छन् ।
शुक्रबार शिवजन मा.बि को सभाहलमा भएको सेवा निवृत्त राष्ट्रसेवक संघ र ज्येष्ठ नागरिक सेवा समाज सल्यानको जिल्ला अधिवेशनलाई जिल्ला संमन्वय समिती सल्यानका प्रमुख बेलाराम रावलले उद्घाटन गरेका थिए ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै संमन्वय समितीका प्रमुख रावलले जिल्ला अधिवेशनको सफलताको शुभकामना दिदै दुई वटै समितिलाई चुस्तदुरुस्त भएर लाग्नु पर्ने बताए । उनले संगठनात्मक बिकास संगै सामाजिक बिकास तर्फ पनि लाग्ना सेवा निवृत्त राष्ट्रसेवक संघ नेपाल जिल्ला समिती अनुरोध गरेका छन् । No description available.
कार्यक्रमका प्रमुख अतिथि समेत रहेको रावलले जेष्ठ नागरिकको हकहितको लागि दरिलो संगठन आवश्यक रहेको बताएका छन् । उनले ज्येष्ठ नागरिकका समस्याहरुलाई पत्ता लागाई समाधान तर्फ स्थानीय सरकारलाई घच्घच्याउन नयाँ बन्ने समितीलाई अनुरोध गरेको छन् । जेष्ठ नागरिक सबैको अविभावक भएकाले उनिहरुको सम्मान गर्नुपर्ने र सबै भन्दा बढी जेष्ठ नागरिको संरक्षण र सम्मानको लागि स्थानिय तहको भुमिका महत्वपुर्णा हुने उनले बताए । उनले दुबै संगठनलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
सेवा निवृत्त राष्ट्रसेवक संघ नेपाल जिल्ला समिती सल्यानका पुर्व अध्यक्ष टेकम प्रशाद अििधकारी को सभाअध्यक्षमा भएको कार्यक्रममा सेवा निवृत्त राष्ट्रसेवक संघ नेपालका केन्द्रिय सदस्य लोकानन्द गौतम, बागचौर नगर समिती अध्यक्ष युवराज गौतमले शुभकामना मन्तव्य राखेका थिए । सेवा निवृत्त राष्ट्रसेवक संघ नेपाल सल्यानका उपाध्यक्ष अमृत बहादुर शाहको स्वागत मन्तव्य र वासुदेव लामिछानेको स्वास्ति वाचनबाट सुरु भएको कार्यक्रमको संचालन पत्रकार नोखिराम थापाले गरेका थिए ।

No description available.