सल्यान २७ असार ।
तत्काल संघिय निजामती सेवा ऐन जारी गराउन नेपाल सरकारलाई दवाव दिन जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री समक्ष आज ज्ञापनपत्र बुझाईएको छ । नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी संगठन (निजामती) र एकीकृत कर्मचारी संगठन सल्यानले आज संयुक्त रुपमा ज्ञापन पत्र बुझएका हुन् । ज्ञापन पत्रमा निजामती कर्मचारीका समस्या र देश संघिय शासन प्रणालीमा जाँदा पनि कर्मचारीहरुको निश्चित मार्गदर्शन नहुदा अन्योल सृजना भएको कुरालाई उल्लेख गरिएको छ । सर्वजानिक सेवा प्रवाहको प्रमुख माध्यमको रुपमा रहेको देशको निजामती सेवालाई व्यवस्थापन गर्ने बिषय सरकारको प्राथामिक्तामा नपर्नु गम्भिर चिन्ताको बिषय रहेको कुरा ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सल्यानमा पनि नेपाल निजामती कर्मचारी संगठन सल्यानका अध्यक्ष धु्रव बहादुर खत्रीले ज्ञापन पत्र बाचन गरी प्रमुख जिल्ला अधिकारी बिपिन आचार्य मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाईएका छन् । कार्यक्रमको सहजिकरण नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अनुशासन अयोगका सदस्य प्रकाश शर्माले गरेका थिए ।

मुलुकी प्रशासन सञ्चालन र नियमन गर्न तथा संघियता भित्र निजामती प्रशासनलाई गतिशील बनाउन आवश्यक रहेको सँघीय निजामती सेवा ऐन तत्काल जारी गर्न दवाव स्वरुप राष्ट्रिय स्तरका सबै ट्रेड युनियनहरुका तर्फबाट देशैभर ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालय मार्फत आज एकैपटक सम्माननीय प्रधानमन्त्रीज्युलाई ज्ञापन पत्र बुझाईएको छ ।

No description available.

No description available.