९ असार दाङ ।

पानी उद्योग संघले प्रशोधित पानीको मुल्य वृद्धि गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष प्रमोद केसीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । देशमा हाल भइरहेको पेट्रोलियम पदार्थ तथा पानी प्रशोधनका लागि आवश्यक पर्ने कच्चा पदार्थमा भइरहेको मुल्य वृद्धिका कारण यस्तो निर्णय गर्नु परेको उपाध्यक्ष तथा माउन्टेन मिनिरल वाटर एण्ड विभरेज भालुवाङका सञ्चालक मानसिंह पुनले जानकारी दिए । उनका अनुसार अव प्रशोधित पानीको मुल्य प्रति गत्ता ९कार्टुन० रु २ सय र प्रति जारको मुल्य रु ६० मा बिक्री गरिने छ ।