सल्यान ०५ जेष्ठ ।
सल्यानमा ४५ दिने तह–२ सिलाई कटाई तालिमको आज उद्घाटन गरीएको छ । दलित आय आर्जन कार्यक्रम अन्तर्गत सामाजिक विकास कार्यालय सल्यानको आर्थिक सहयोगमा र सामाजिक विकास तथा वातावरण संरक्षण मञ्च सल्यानको आयोजनामा तालिमको उद्घाटन गरिएको छ । तालिमको उद्घाटन गर्दै सामाजिक बिकास कार्यालय सल्यानका प्रमुख कृष्ण प्रशाद अधिकारीले सिप सिकेर व्यवसायिक बन्न सहभागी लाई अनुरोध गरेका छन् । उनले जिल्लामा सिलाई कटाईको लागि तह–२ तालिमको अवसर सधै नहुने भएकोले यो अवसरको सदुपयोग गर्न सहभागीलाई अग्रह गरेका छन् । तेस्तै कार्यक्रमका बिशिष्ट अतिथि उधोग वाणिज्य संघ सल्यानका कोषाध्यक्ष तथा शारदा नगरपालिका वडा १२ का नव निर्वाचित वडा अध्यक्ष सुरेन्द्र बुढाले सिप सिके जुनसुकै समयमा पनि काम लाग्ने बताएका छन् । तर सिप सिकेर मात्र नहुने र सिकेको सिपलाई व्यवहारमा ल्याउनु पर्ने बताए । उनले भने महिलाहरुको लागि सिलाईकटाई तालिम सिकेर व्यवसाय गरे आर्थिकको राम्रो संम्भावना भएकोले चासोका साथ तालिम सिक्ना सहभागी लाई अनुरोध गरेका छन् । तेस्तै उद्घाटन कार्यक्रम लाई समापन गर्दै सामाजिक बिकाश तथा वातावरण संरक्षण मञ्च सल्यानका उपाध्यक्ष गोबिन्द प्रशाद शर्माले तालिममा सहगागीले यो अवसरको सहि तरिकाले सदुपयोग गर्नु पर्ने बताएका छन् । उनले दलित आय आर्जन कार्यक्रम अन्तर्गत दलित महिलाहरुका लागि मात्र यो अवसर भएकोले मौकाको फाईदा सहभागीले लिनु पर्ने बताए । उनले तालिमको प्रशिक्षक निरुता बि.क लाई आफुले सिकेको सिप सहभागीलाई सिकाउना अनुरोध गरेका छन् । तेसैगरी सहभागीले पनि दिन कटाउने मात्र नभई चासोका साथ सिक्ना सबै सहभागिलाई अनुरोध गरेका छन् । तालिममा सल्यान जिल्लाका बिभिन्न स्थानका १५ जना दलित महिलाहरुले सहभागिता जनाएका छन् ।
