सल्यान २ , जेठ  ।
सल्यानमा विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख ८०६० नम्वरको वसमा करेन्ट लागेको हो । करेन्ट लागेर मृत्यु हुनेमा कुमाख गाउँपालिका १ का २६ बर्षिय लोकेन्द्र राना सोही ठाउका २३ बर्षिय गोपाल बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । वसको छतमा वसेर नारावाजी गरिहरको वेला उनिहरुलाई विद्युतको तारले छोएको थियो ।

करेन्ट लागेर कुमाख गाउँपालिका ४ का १६ बर्षिय गोपाल बुढाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । यसैगरी घाइते हुनेहरुमा कुमाख ४ का १३ बर्षिय महेन्द्र रावत,१६ बर्षिय निखिल विक,१५ बर्षिय लिलामणी बुढाथोकी र १६ बर्षिय प्रकाश बुढाथोकी रहेका छन् ।

यस्तै सोही ठाउका १६ बर्षिय विराज बुढाथोकी, १३ बर्षिय सोलन बुढाथोकी, १५ बर्षिय हेमन्त वुढाथोकी, १६ बर्षिय हेमन्त विक, १४ बर्षिय प्रकाश शाह, १३ बर्षिय डिल्ली राना, २१ बर्षिय नविन रावत, १६ बर्षिय हिमाल राना र चौरजाहारी नपा १ वस्ने १९ बर्षिय गोविन्द विक रहेको प्रहरीले जनाएकोछ । मृतक दुवै जनाको शव पोष्टमार्टमको लागि चौरजहारी अस्पतालमा लिइएको छ । घाइतेहरु सवैको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको र फरार चालकको खोजी भइरहेको प्रहरीको भनाई रहेको छ । विजय उत्सव मनाउन तयारी गर्दा गाउँमा घटनापछि गाउँ पुरै शोकमग्न भएको छ ।

कुमाख गाउँपालिकामा काग्रेस एमाले गठवन्धन विजयी भएको थियो । जस अनुसार अध्यक्षमा काग्रेसका मान बहादुर वुढाथोकी र उपाध्यक्षमा एमालेका लाल वहादुर रावत विजयी भएकोमा गाउँमा जेठ २ गते संयुक्त विजय जुलुस निकाल्ने तयारी भइरहेको थियो ।