सल्यान २२ बैशाख ।
सल्यानको कालिमाटी गाउँपालिकामा घरेलु हिंसा न्यूनिकरण सम्बन्धि चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कालिमाटी गाउँपालिकाको आर्थिक सहयोग र कर्णाली विकास संस्था नेपालको अयोजनामा कक्रर्यक्रम सम्पन्न भएको हो । कर्यक्रममा आफ्नो बिचार राख्दै गाउँपालिकाका प्रशासकीउ अधिकृत हरिबहादुर खत्रिले घरेलु हिंसा न्युनिकरणका लागि महिला पुरुषको भुमिका बराबर हुने बताएका छन् । उनले सानातिना कुराहरु घरपरिवारमा हुने र यस्ता कुरालाई हिंसाको रुपमा बुझना नहुने बताएका छन् । बदलिदो समाज संगै घर परिवार पनि बदलिएकोले घरेलु हिंसाका घटना हरु कम हुदै गएको बताएका छन् । तर पछिल्लो समय पारिवारिक सम्बन्ध बिछेदका घटनाहरु बढिरहेकोले त्यस तर्फ महिला पुरुष दुबैले आफ्ना कमजोरीहरुको महसुस गरी सबन्धलाई बलियो बनाउना महिला पुरुष दुबै सजक हुनु पर्ने उनले बताए ।
तेस्तै कार्यक्रमलाई सहजिकरण गर्दै ईलाका प्रहरी कार्यालय कालिमाटीका प्रनानी तेज बहादुर बुढाले सानातिना घरयासी झगाडालाई हिंसाको रुपमा नबझी घरमै मिलाउदा राम्रो हुने बताएका छन् । उनले कसैले ज्यानै मार्ने धम्कि, बारम्बार मानसिक तनाब, असहयहुने गतिबिधि गरे समाधानको लागि उपाय खाज्नु पर्ने बताए ।
कार्यक्रममा सहभागीहरुले पछिल्लो समय घुरेलु हिंसाका घटनाहरु कम हुदै गएको बताएको छन् । घरेलु हिंसा पहिले जे जति मात्रामा हुन्थ्ये अहिले तेति नहुने उनिहरुले बताएका छन् ।
कार्यक्रममा गाउँपालिकाका महिलाहरुको सहभागिता रहेको थियो । संस्थाका सचिव पुस्कर बि.क को सभा अध्यक्षतामा भएको काक्रमको संचालन पत्रकार नोखिराम थापाले गरेको थिए ।No description available.