सल्यान १० चैत ।
सल्यानको कालिमाटी गाउँपालिकामा न्यायमा जनता पहुँज कार्यक्रम सम्पन्न भएको छ । “स्थानिय न्यायिक अधिकारको प्रयोग गरौं, निष्पक्ष र न्यायसम्वत फैसलाको अनुसरण गरौं ।” भन्ने भनाईका साथ गाउँपालिकाका ७ वटै वडाहरुमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानिय तहमा न्यायिक समितीको क्षेत्राअधिकार र कानुनी बिषय बस्तुको बारे प्रत्येक्ष जनता समक्ष जानकारी गराएको न्यायिक समितीको संयोजक तथा गाउँपालिका उपाध्यक्ष सनशिलता वली डि.सीले जानकारी गराएकी छन् । न्यायमा जनतालाई सजिलै पहुँज पुर्याउने उद्देश्यले गाउँपालिकाले नै यो कार्यक्रम संचालन गरेको उनले बताईन । कुनै किसिमका घटना घटेमा वा आफुलाई अन्याय भएको महसुस भएमा सिधै गाउँपालिकामा आएर न्यायिक समितीको क्षेत्राअधिकार भित्रका मुद्धाहरुमा उजुरी दिने वातावरणको सृजना गराउन गाँउपालिकाले जनताकै सहभागितामा सबैलाई पाएक पर्ने गरी प्रत्येक वडा कार्यालयहरुमा कार्यक्रम गरेका उनले बताईन । उनले कार्यक्रमबाट न्यायिक समितीलाई न्याय सम्पादनमा सहज भएको बताईन ।

May be an image of 3 people

तेस्तै कार्यक्रममा कानुनी अधिबक्ता ईन्द्र भण्डारीले सहभागिहरुले उठाएका प्रश्ना तथा जिज्ञासाहरुको जवाफ दिएका थिए । उनले स्थानिय सरकार संचालन ऐन २०७४ दफा ४७ को उपदफा १ का १३ वटा र उपदफा २ का ११ वटा (जस्तै ः समान्य बादबिबाद, कुटपिट) लगायतका मुद्धाहरु स्थानिय तहको अधिकारका अधिनमा रहेर आफुले कार्यक्रममा छलफल तथा सहजिकरण गरेको बताए । उनले भने यो कार्यक्रमबाट सहभागिहरुले पिडित भए न्याय खोज्न कहाँ जाने, कस्ता खालका मुद्धाकालागि स्थानिय तह र कस्ता खालका मुद्धाकालागि अदालत जाने भन्ने कुराको जानकारी प्राप्त गरेको बताए । कार्यक्रममा महिला तथा अन्य सहभागीहरुले अब आफुहरुलाई घर परिवार, समाज कतै पनि अन्यायमा तथा हिंसामा परेको महसुस भएमा न्यायालय सम्म जाने आंट आएको बताएका थिए । तर न्यायीक समितिले निष्पक्ष र छिटो छरितो तरिकाले न्याय दिनुपर्ने सुझाव उनीहरुले दिएका थिए । कालिमाटी गाउँपालिकाको आ.व २०७८। ०७९ को स्वीकृत  कार्यक्रम अनुसार चेत १ गते मंगलबार देखि सुरु भएका कार्यक्रम आज सम्पन्न भएको हो । कार्यक्रमको संचालन गाउँपालिकाका उजुरी प्रशासक विजय कुमार वलीले गरेका थिए । कार्यक्रममा संम्बन्धित वडाका अध्यक्षहरु र स्थानिय नागरिकाहरुको सहभागिता हुने गरेको थियो ।