फागुन १४,सल्यान ।
सल्यानका ५ ठाउँमा सब डिभिजन स्तरीय आगलागी सम्बन्धी सञ्जाल गठन गरिएको छ । डिभिजन वन कार्यालय सल्यानले जिल्लाका ५ ठाउँमा सब डिभिजन स्तरीय आगलागी सम्बन्धी सञ्जाल गठन गरेकोे हो । मौलाहाले, थारमारे, त्रिबेणी कपुरकोट र बनगाडमा आगलागी सम्बन्धी सञ्जाल गठन गरिएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।
मौलाहालेमा मान बहादुर केसीको संयोजकत्वमा १३ सदस्यीय सव डिभिजन स्तरीय आगलागी सम्बन्धी सञ्जाल गठन गरिएको छ भने थारमारेमा कृपाराम शर्माको संयोजकत्वमा १५ सदस्सीय सव डिभिजन स्तरीय सञ्जाल निर्माण गरिएको कार्यालयले जनाएको छ ।
यस्तै त्रिबेणी गाउँपालिकामा धन बहादुर बिष्टको संयोजकत्वमा ३३ सदस्यीय, राजेन्द्र बोहराको संयोजकत्वमा १३ सदस्यीय र बन्गाड कुपिण्डे नगरपालिकामा नरेश बुढाथोकीको संयोजकत्वमा १५ सदस्यीय सव डिभिजन स्तरीय आगलागी सम्बन्धी सञ्जाल गठन गरिएको डिभिजन वन प्रमुख रमेश गिरीले जानकारी दिए ।
गर्मी समय बढ्दै जान थाले पछि आगलागीको घटना पनि बढ्ने भएकोले आगलागी सम्बन्धी सञ्जाल गठन गरिएको उनको भनाई छ । उनका अनुसार जिल्लाका सबै स्थानमा आगलागी सम्बन्धी सञ्जाल गठन गरिने छ । सञ्जालले आगलागी सम्बन्धी जनचेतना जगाउने र आगलागी भई हालेमा नियन्त्रणको लागि सामुदायिक वन उपभोक्तालाई सक्रिय बनाउने छ । यस्तै सरोकारवाला निकाय, स्थानीय तह, विभिन्न सङ्घ संस्था सित पनि समन्वय गरी आगलागी नियन्त्रणमा सहयोग पु¥याउन भूमिका खेल्ने गिरीको भनाई छ ।
जिल्लामा वर्षेनी आगलागीका घटना भई रहेकाले सबै सवडिभिजन भित्रमा सञ्जाल गठन गर्ने, वन उपभोक्ता समूह भित्र आगलागी नियन्त्रण सम्बन्धी सञ्जाल गठन गर्ने, जिल्ला जनचेतना जगाउने लगायतका कार्यक्रम गर्ने डिभिजन वन प्रमुख गिरीको भनाई छ ।
