माघ १, सल्यान
सल्यानमा सञ्चालन भइरहेको सामुदायिक रेडियो तहल्का एफ.एम.को ट्रान्समिटर चोरी भएको छ । बिहीवार राती बागचौर नगरपालिकका ३ चौरपानीको डाँडामा रहेको रेडियोको सवस्टेशनको ट्रान्समिटर चोरी भएको हो ।
बिहीवार राती रेडियो सञ्चालन पछि बन्द गरेको राखेको ट्रान्समिटर बिहान उठेर खोल्न जाँदा हराएको एफ.एम.का स्टेशन म्यानेजर डिल्लीराज रावतले बताए । उनले भने गएराती १० बजेसम्म बजाएर बन्द गरिएको गएको बिहान रेडियो खोल्न जाँदा ट्रान्समिटर नै देखिएन । एफ।एम। ले अप्लिङ सिस्टमबाट खलंगा र चौरपानीबाट रेडियो सञ्चालन गर्दै आइरहेको थियो ।
