पौष १० सल्यान । नेपाल निजामती कर्मचारी संगठनकाे कालिमाटी गाउँपालिका स्तरीय प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । अधिवेशनले दिप बहादुर ओलि को अध्यक्षतामा ११ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ । तेस्तै जयराम घर्ती उपाध्यक्ष , चक्र डाँगी सचिव, चम्पा वली काेषाध्यक्ष तथा सदस्यहरुमा दिपक कुमार वली , दिपक सुनार , विजय कुमार वली , गाैरी वली , सुमन भण्डारी , मुकेश वि.क र इन्द्र बहादुर तारम रहेका छन । सल्यान जिल्लाका १० वटा स्थानीय तह मध्ये कालिमाटी गाउँपालिकाले पहिलो स्थानमा गाउँ अधिवेशन सम्पन्न गरेको छ । कार्यक्रम मा कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर के.सी, उपाध्यक्ष सनसिल्ता ओलि डि.सी लगायत को सहभागी रहेको थियो । कार्यक्रममा बोल्दै गा.पा अध्यक्ष तथा उपाध्यक्षले सम्पुर्ण गाउँ कमिटीलाई कार्य सफलता को शुभकामना दिएका थिए ।
