मंसिर २६, सल्यान ।

दाङबाट सल्यान आउँदै गरेकाे जीप दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ भने १९ जना घाइते भएका छन् ।
दाङ तुलसीपुरबाट सल्यानतर्फ आउँदै गरेको  रा १ ज ४३८ नम्बरकाे जिप आइतबार साँझ साढे ४ बजे राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-३ सिरखोलामा दुर्घटना हुँदा २ जनाकाे ज्यान गएकाे हाे ।
दुर्घटनामा परि अन्य १९ जना घाइते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ । मृत्यु हुने ४५ वर्षीय साैनी घर्ती र ४८ वर्षका प्रेम प्रकाश शर्मा रहेका छन्
घाइते तीन जनालाइ उपचारका लागि काेहलपुर रिफर गरिएकाे र अन्यकाे प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्याललेले लेकाली अनलाइनलाइ बताए ।
जिप सडकबाट करिब २ सय मिटर तल खेतमा खसेको छ । जिप सल्यान कुन ठाउँका लागि छुटेकाे हाे र कति यात्रु थिए भन्नेबारे अझै एकिन नभएकाे उनले बताए । घटनाकाे थप विवरण आउन बाँकी छ ।

तस्बिरः दाेर्ण आचार्य