सल्यान २४ पौष ।
पेशागत महासंघ जिल्ला समिति सल्यानको अधिवेशन अयोजक समिति गठन गरीएको छ । पेशागत महासंघ कर्णाली प्रदेश कमिटी सदस्य परशुराम ओलीको संयोजकत्वमा बिभिन्ना पेशामा आवद्ध व्यक्तिहरुको उपस्थितिमा सल्यानको श्रीनगरमा बसेको भेलाले पेशागत महासंघ जिल्ला समिति सल्यानको अधिवेशन अयोजक समिति गठन गरेको छ । अधिवेशन आयोजक समितिको संयोजकमा परशुराम वलि रहने गरी ३१ सदस्यि अयोजक समितिका गठन गरिएको छ । जसको सदस्यहरुमा दिप बहादुर वली, दिपक सुनार, विमल पौडेल, सुरज बि.क, कमला घर्ति मगर, प्रकाश शाही, केशव थापा, शान्त थापा, धुर्व खत्री, छवि खड्का, नोखिराम थापा, नवराज आचार्य, खेम मल्ल, देवेन्द्र भण्डारी, खिम प्रकाश राणा, दिपक बस्नेत, भुम प्रकाश भण्डारी, लाल बहादुर रावत, सन्तोष घर्ती, जयराम घर्ती, विष्णु भण्डारी, बिमला खत्री, पुर्ण बहादुर के.सी, दुर्गा के.सी, तिलक रावल, धनबहादुर बि.सी, मिना पुन, हरि सिहं, हस्त बहादुर भण्डारी र सुनिता पुन रहेका छन् । भेलाले पेशागत महासंघ जिल्ला समिति सल्यानको अधिवेशन पौष १७ गते शनिबारको दिन जिल्ला समन्वय समितिको सभाहल खलंगामा गर्ने निर्णय पनि गरेको छ । अधिवेशनमा जिल्लाको १० वटै स्थानिय तहमा आ–आफ्नो पेशामा आवद्ध कर्मचारी उपस्थित हुनाको लागि अयोजक समितिले अनुरोध गरेको छ । पेशागत महासंघले बिभिन्न आ–आफ्नो पेशामा आवद्ध कर्मचारीहका हक हितको लागि काम गरिरहेको छ ।

तेस्तै सोहि अवसरमा नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति सल्यानको पनि जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरीएको छ । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति सल्यानका का.भा अध्यक्ष धु्रव बहादुर खत्रीको संयोजकत्वमा अधिवेशन आयोजक कमिटी गठन गरीएको छ । जसको सदस्यहरुमा देवेन्द्र कुमार सेन, छवी खड्का, डिल्ली बहादुर घर्ती, प्रकाश शर्मा, कमला घर्ती मगर, चन्दन जि.एम, गौरी योगी, सर्मिला बुढाथोकी, प्रेम बहादुर डांगी, दिप बहादुर वली, जयराम घर्ती, तिलक रावल, दुर्गा बहादुर खत्री, धन बहादुर बि.सी, सन्देश पुन मगर, खिम प्रकाश राणा, लाल बहादुर डाँगी, दिपक कवर, नवराज आचार्य र अरुण भण्डारी रहेका छन् । तेस्तै पालिका ईकाई कमिटी गठनको लागि संयोजकहरु पनि तोकिएको छ । जस मध्ये ध्रुव बहादुर खत्री शारदा, दिप बहादुर वली कालिमाटी, देवेन्द्र कुमार सेन कपुरकोट, लाल बहादुर डि.सी बागचौर, हस्त बहादुर भण्डारी बनगाड, दुर्गा के.सी र कमला घर्तीमगर छत्रेश्वरी, खिम प्रकाश राना कुमाख, बिमला के.सी सिद्धकुमाख, दिपक कवर दार्मा र तिलक रावतलाई त्रिवेणीमा जिम्मा दिईएको छ । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति सल्यानको ११ औं जिल्ला अधिवेशन पौष २४ गते श्रीनगरको होटेल प्याराडाईजमा गर्ने निर्णय पनि गरिएको छ । यि दुई कर्मचारी संगठन नेकपा एमाले निकटका हुन् ।