सल्यान, ११ मंसिर ।

बिश्व महामारीको रुपमा फैलिरहेको कोभिड १९ रोगको बिरुद्धमा दार्मा गाउँपालिकाले खोप लागाउना छुटेका नागरीकहरुको लागि खोपको व्यवस्था गरेको छ । गाउँपालिकाले एक सुचना जारी गर्दै खोप लगाउना छुटेका १८ बर्ष माथिका सम्पुर्ण नागरिकलाई कोभिड १९ बिरुद्धको भेरोसेयल खोपको पहिलो मात्र लगाउना प्रत्येक वडाहरुमा अभियान संचालन गरेको छ । गाउँपालिकाले खोप लागाउना छुटेका नागरीकहरुलाई तोकिएको मिति र स्थानमा गई खोप लगाउन सुचना मार्फत अनुरोध गरेको छ । दार्मा गाउँपालिकाले वडा न १ को दार्माकोट स्वास्थ्य चौकिमा, वडा न २ को आधारभुत स्वास्थ्य सेवा केन्द्र झ्यारीवाङ्गमा, वडा न ३ को आधारभुत स्वास्थ्य सेवा केन्द्र धुलखर्कमा, वडा न ४ को भल्चौर स्वास्थ्य चौकीमा , वडा न ५ को ढाकाडाम स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य ईकाई कागुनुहाल्लेमा र वडा नं ६ को आधारभुत स्वास्थ्य केन्द्र ज्यामिरेचौरमा मंसिर १२ र १३ गते समय १० बजे देखि बेलुका ४ बजे सम्म खोप लागउने व्यवस्था गरेको सुचनामा उल्लेख गरेको छ । Open photo