कार्तिक ३०, सल्यान ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अयोजना गरेको नेपाल बन्दको दिनमा सल्यानमा बन्दकर्ता र ट्राफिक प्रहरीले रचनात्मक काम गरेका छन् । उनिहरुले सल्यानको प्रमुख व्यपारिक केन्द्र श्रीनगर बजारमा ३ ठाउँमा जेब्रा क्रसिङ निर्माण र सडकमा ट्राफिक चिन्हहरुको व्यवस्थापन गरेका छन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताको अयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानको सहकार्यमा बजारमा पैदल यात्रिहरुले जथाभावि बाटो काटने भएकोले निषित ठाउबाट बाटो काट्ना सहजताको लागि श्रीनगरका ३ ठाउँमा जेब्रा क्रसिङ निर्माण गरिएको नेकपा निकट अखिल क्रान्तिकारी सल्यानका अध्यक्ष राजेन्द्र खड्काले बताए । तेस्तै ट्राफिक नियम र जेब्रा क्रसिङको थप महत्व, कुन ठाउमा राखिन्छ ? किना राखिन्छ ? र जेब्रा क्रसिङबाट बाटो कसरी काट्ने भन्ने बिषयमा ट्राफिक कार्यालय सल्यानले सचेतना मुलक कार्यक्रय गर्ने जिल्ला ट्राफिक ईन्चार्ज लक्ष्मण बि.कले जानकारी गराए । उनले भने आफु जिल्लामा भर्खरै आएको र पहिलो रचनात्मक कामको शुरुवात मात्र भएको अब् बिस्तारै ट्राफिक नियम र जेब्रा क्रसिङको थप महत्व सम्बन्धि ड्राईभर, सवारी तथा पैदल यात्रीहरुको लागि सचेतनामुलक कार्यक्रम गर्ने बताए ।

दुर्घटना कम गर्न, समाजमा सकारात्मक सन्देश दिन र राजनीतिक कार्यकर्ताहरु असल कार्यकर्ता हुन्छन् भन्ने सोचले यस्तो काम गरिएको नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला सविन पोखरेलले बताए । मूल्यवृद्धिको विरोधमा बन्द भएपनि त्यसलाई सदुपयोग गरेर रचनात्मक बनाएको उनको भनाइ छ । सवारी साधन बन्द भएकोबेला यस्तो रंगरोगनले अरु अवस्थाको भन्दा राम्रो र दीर्घकालिन जानकारहरु बताउछन् । लामो समयदेखि सल्यानमा जेब्रा क्रसिङहरु मेटिदै गएको अवस्थामा नयाँ रङरोगन बनाइएको हो । बन्दकर्ताले ट्राफिक चिन्हहरु बनाउँदा ट्राफिक प्रहरीले समेत सहयोग गरेको थियो ।