शंकर बि.क तिवारी
सल्यान १६ काक्तिक ।
राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले सल्यानमा विशाल जनप्रदर्शन गरेको छ । दलित समुदायको हक अधिकार स्थापित गर्न माग गर्दै अभियानले सल्यान जिल्लाको थारमारेमा भेला र प्रदर्शन गरीएको छ । समुदायलाई जागरण र राज्यलाई दबाब, विभेद विरुद्धको अभियानमा एक हौं भन्ने मुल नाराका साथ दलित समुदायको शक्ति प्रदर्शन गरिएको छ । राज्यका हरेक अंग र निकायमा दलित समुदायको सहभागितामूलक प्रतिनिधित्व हुनुपर्ने, नीति निर्माण तहमा दलितहरुको स्पष्ट प्रतिनिधित्व र यस समुदायको पेशा व्यवसायको सुनिश्चितताको माग गर्दै प्रदर्शन गरिएको राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल संयोजक खगेन्द्र सुनारले बताएका छन् । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालका संयोजक समेत रहेका सुनारले सामन्तीहरूले दलितहरूलाई हर ठाउँमा थिचोमिचो गर्दै आएकोले कुनै पनि विभेदका विरुद्ध सबैले उठेर लड्नु पर्ने बताएका छन् । अब दलित माथि गरिने विभेदको प्रतिकार गरिने र जातका आधारमा हुने अन्याय अत्याचारका विरुद्ध एकताबद्ध भएर लड्ने बताए । सुनारले भने, हिजो सम्म अरुका लागि लड्यौं अव आफ्नो समुदायको लागि लड्न सम्पुर्ण उपस्थीत मानिसहरुलाई आग्रह गरे ।
संविधानमा लेखिएको अधिकार व्यवहारिक रुपमै कार्यान्वयनमा ल्याउनका लागि समुदाय स्तरमा जागरण र राज्यस्तरमा दबाबको खाँचो परेकाले अभियान सञ्चालन गर्नुपरेको उनले बताए । स्थानीय सरकारमा पनि दलितलाई कोरम पु¥याउन र हस्ताक्षर गराउन मात्र राखिएको बताउदै दलितहरूका कुरा सुन्ने र दलित मुखी योजना तथा बजेट निर्माण गर्ने भन्दा पनि बैठकको कोरम पु¥याउना र हस्ताक्षर गराउन मात्र राखिएको छ उनले भने । यो अभियानमा तराई मधेस हिमाल पहाडका दलितलाई जोड्ने हिसाबले खगेन्द्र सुनार र राजेश विद्रोही दुईजना केन्द्रीय संयोजक छन् । जातीय विभेद, छुवाछुत र दलितमाथिको उत्पीडनविरुद्ध सचेतना जगाउन समुदायलाई जागरण र राज्यलाई दबाब दिन प्रदर्शनको आयोजना गरिएको सुनारले जानकारी दिए ।
तेस्तै कार्यक्रममा बोल्दै सल्यानका दलित अगुवाहरुले एउटै आवाजमा “दलित एकता नै अबको आवश्यक्ता” रहेको बताएका छन् । उनिहरुले दलित समुदायको राज्य पक्षबाट नै विभेद, छुवाछुत र दलितलाई स्थानिय सरकारको प्रतिनिधत्वमा अपहेलना गरेकाले यसका बिरुद्ध कुनै पार्टी नभनि सिङ्गो दलित समुदाय नै एक जुट भएर लाग्ना उनिहरुको आग्रह छ । संविधानमा लेखिएको सहभागितामूलक र समावेशी राज्य संयन्त्र कार्यान्वयनमा नआएको र यो कार्यान्वयनका लागि समुदायस्तरबाटै जनदबाब बढाउनुपर्ने आवश्यकता देखिएकाले उनिहरुले बताएका छन् ।
यस्तै दलित मुक्ति जागरण अभियान नेपाल, सल्यान यस कार्यक्रमका संयोजक खेमराज सुनारले दलित मुक्तिका लागि जुनसुकै ठाउँमा आफ्नो ज्यानको बली समेत दिन तयार भएको बताए । यो एउटा ऐतिहासिक कार्यक्रम भएको र यो सभालाई सफल पार्न गाउँ गाउँ, बस्ती बस्तीबाट उपस्थित हुने सम्पूर्णमा धन्यवाद प्रकट गर्दै आगामी दिनहरूमा यहाँहरूको पूर्ण साथको अपेक्षा सहित आफू लगायत आफूजस्तै सिङ्गो युवा टिम दलित मुक्तिका लागि हरपल जुनसुकै ठाउँमा पनि आवाज उठाउन तयार हुने प्रतिबद्धता समेत गरेका छन् ।
कार्यक्रममा यस अभियानका मध्य नेपालका संयोजक केशब नेपाली, सल्यान जिल्लाका दलित नेता,अगुवाहरु जनक बि.क , क्षेत्र बहादुर बि.क, घनश्याम बि.क, प्रेम नारायण बि.क, लाल बहादुर बि.क, टिकाराम बि.क, जात व्यवस्था उन्मुलन मोर्चा नेपालका सचिव महाबिर विश्वकर्मा, दलित नेता तथा अधिकारकर्मी भिम परियार, खड्ग बहादुर बि.क , दलित अधिकारकर्मी छबि परियार, रमेश बि.क लगायतका दलित अगुवाहरुको मन्तव्य राखेका थिए ।कार्यक्रममा सल्यानमा जन्मिएर नेपालको पौरानिक खष भाषालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चर्चाको शिखरमा पुर्याउने खष भाषा संरक्षक तथा हँस्य कालाकार कुल बहादुर वली, कलाकार रमेश क्षितिज बराईली लगायतले आफ्नो प्रस्तुति राखेका थिए ।
कार्यक्रमलाई बागचौरबाट राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल –जिन्दावाद, जातिय छुवाछुत अन्त्य गर । क्षतिपुर्ति सहित पुर्ण समानुपातिक व्यवस्था लागु गर । दलित समुदायमाथिको हत्या, हिंसा, बलत्कार बन्द गर । राज्यको हरेक निकायमा दलित समुदायको सामुहिक प्रवेशको व्यवस्था गर । हिजो सम्म अरुको लागि । विभेद बिरुद्धको अभियानमा एक हौं । समुदायलाई–जागरण । राज्यलाई –दवाव । नवराज लगायत हत्या गरिएका सबै दलितलाई शहिद घोषणा गर । नवराज लगायतका शहिदहरु अमर रहुन । भन्ने नारा सहितको र्यालि निकाली थारमारे बजारमा कोण सभामा परिनत गरिएको थियो । कार्यक्रमामा सल्यानका १० वटै स्थानिय तहबाट तथा छिमेकी जिल्लाहरु रुकुम सुर्खेत, दाङ र जाजरकोट जिल्लाका दलित प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन पत्रकार नोखिराम थापा क्ष्तििज ले गरेका थिए ।



