सल्यान ,१८ असार ।

सल्यानको बागचौर नगरपालिकाको आइसोलेसन केन्द्रमा मिनि अक्सिजन पलान्ट जडान गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्र बाट आएको प्राविधिक टोलीले मिनि अक्सिजन पलान्ट जडान गरेर नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

बिहिवार मिनि अक्सिजन प्लान्टको उद्घाटन गर्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले राष्ट्रिय आबिस्कार केन्द्रका अध्यक्ष महाबिर पुन लगाएतको टिमलाई धन्यवाद दिएका छन् । कोरोना संक्रमण भएका बिरामीको उपचारमा उक्त अक्सिजन प्लान्टले धेरै सहजता थप्ने बताउदै नगर प्रमुख बुढाथोकीले जनताको स्वास्थ्यमा अर्को सहजता थपिएको बताएक छन् । नगरप्रमुख बुढाथोकीले राष्ट्रिय आविष्कार केन्द्रबाट आएको प्राबिधिक टोलीलाई सम्मान सहित बिदाइ गरेका छन् । उनिले उक्त कार्यमा सहजीकरण गर्ने भरत डिसी ू शिशिरू लाई बिशेष धन्यवाद व्यक्त गरेका थिय ।

अक्सिजन पलान्टले प्रतिमिनेट ६५ लिटर अक्सिजन उत्पादन गर्ने जडानमा संलग्न प्राबिधिक टोलीले बताएको छ ।