सल्यान २६ जेठ ।
सल्यानको दार्मा गाँउपालिका अध्यक्ष निम बहादुर के.सी.(अरुण)ले आफनो सम्पति बिवरण सार्वजानिक गरेका छन् । उनले पालिका अध्यक्षले पनि सम्पति सार्वजनिक गर्नुपर्न भन्ने कुराहरु सुन्न थालेपछि आफुले सम्पति बिवरण सार्वजनिक गरेको बताएका छन् । उनले बुधबार बिहान आफ्नो समाजिक संजालमा सम्पति बिवरण सार्वजानिक गरेको पोस्ट गरेका छन् ।
उनले सार्वजनिक गरेको सम्पति बिवरणमा दार्मा गाउँपालिका वडा न. ६ बागखोरमा पुख्र्यौली एउटा कच्ची घर र २ रोपनि जग्गा र सो जग्गा २०७३ मंसिरमा ३ लाख ५० हजारमा पहलबहादुर कामीलाई बिक्रि गरीसकेको बताइएको छ ।
तेस्तै दार्मा गाउँपालिका वडा न.६ मलिवाङमा घर बनाएको करिब १ कठ्ठा जग्गा श्रीमती लिला चन्दलाई माईला दाजु पोस्क बहादुर चन्दले नि.शुल्क दिएको र बागखोरमा रहेको पसल र जग्गा बिक्रि भई सकेपछि सोहि जग्गामा टिनको छाप्रो बनाई २०७५ साल करिब २ बर्ष त्यहि छाप्रोमा व्यवसाय र बसाई समेत गरेको बताएका छन् ।
हाल श्रीमती लिला चन्दले पसल गरेर कमाएको केहि रकम र केहि उनि आफैले ऋण सापट गरेर सोहि जग्गामा घर बनाएको खुलाएका छन् । अध्यक्ष के.सीले बिभिन्न समुह, सहकारी र व्यक्तिसंग गरेर करिब १० लाख जति ऋण भएको आफनो सम्पति बिवरणमा खुलाएका छन् । गाँउपालिका बाट आउने सेवा सुबिधा र पसलको सिमित आम्दानीले अहिलेलाई ऋण सापट तिर्ने क्रम जारी रहेको सम्पति बिवरणमा छ ।
उनले दार्मा ३ फारुलाचौरमा २०७३ सालमा पुख्र्यौली सम्पत्ति बेचर आएको रकमबाट दार्मा गाँउपालिकाको केन्द्र फरुलामा दिपक रोकाय मार्फत १८३ नं कित्ताबाट किनेको करिब ४ आना घडेरीबाहेक यो पृथ्वीलोकमा मेरो वा मेरो परिवारको नाममा घरघडेरी भए पुष्टि गर्नेलाई चनौति दिन्छु र पुष्टि गर्नेलाई नै नामसारी गरिने धोषणा समेत गरेका छन् । उनले सम्पति बिवरण सार्वजनिक गर्दै दार्मा र समग्र सल्यानका दिगो र तिव्र बिकास अनि दार्माली र सल्यानीको निशर्त अनि निस्वार्थ सेवाबाहेक आफ्नो अरु कुनै लक्ष्य नरहेको बताएका छन् ।