सल्यान २५, जेठ ।
कोरोना भाइरस रोकथामका लागि सल्यानमा जनतासँग नेपाली काँग्रेस अभियान सोमबार सम्पन्न भएको छ । जिल्लाको कपुरकोट गाउपालिकामा जेठ २२ गते ५ र ६ वडा त्यसैगरी २३ गते १ र २ वडा र २४ गते ३ र ४ वडामा अभियान सञ्चालन गरिएको हो । कोरोना महामारी बाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न नागरीकलाई अझ सहज हुने उदेश्यले संचालन गरीएको र अभियान निकै सफलतापूर्वक सम्पन्न भएको अभियानका संयोजक तथा नेपाल तरुणदल क्षेत्र नंं. २ सल्यानका सभापति यगराज वलिले जानकारी दिनु भएको छ ।

अभियानका अवसरमा कपुरकोट गाँउपालिकाका सबै वडाहरूमा ८३० जनालाई १ लाख ५५ हजार रूपैयाँ बराबरको मास्क, सेनिटाईजर, ग्लोब्स, साबुन, औषधि लायतका स्वास्थ्य सामाग्रिहरू हस्तान्तरण गरीएको थियोे । यसै बिच सो अभियानलाई सफल बनाउनको लागि तराई मधेस बिभागको केन्द्रिय सदस्य तथा नेपाली काङ्ग्रेसका नेता दुर्गा गिरी, समाज सेवि तथा यूवा नेता बामदेब अधिकारी, समाजसेवि तथा यूवा नेता गिरिराज वलि, समाजसेवी तथा यूवा नेता चन्द्र प्रकाश बुढा मगर, तरुणदल क्षेत्र नंं. २ का सह–संयोजक सन्तोष बुढाथोकी, तरुणदल कपुरकोट गाउँ पालिकाका अध्यक्ष कुबेर खत्री, ने.बि.स राप्ती बबई क्याम्पस दाङ्गका सदस्य बिजय पुन, काशिराम पुन, भिम महतारा त्यसैगरी यज्ञ बोहरा, विनाेद राेका, टिकाराम के.सी., श्यामकृष्ण महतारा, प्रितम यरी, स्वास्थ्य सामाग्री काे सहयाेग गर्ने बादल आचार्य, तुलसिराम चापागाई, सगुन आचार्य, जीवन भण्डारी , प्रेम कुमार आचार्य, कृष्ण धिताल, राम प्रसाद शर्मा, ठाकुर भण्डारी एवम् स्वास्थ्यकर्मिहरु चन्द्रकमल वलि र खिमराज बि. क. लगायतका ब्यक्तित्वहरुको सहभागीतामा अभियान सम्पन्न भएको दलित बिध्यार्थी संघ दाङ्गका अध्यक्ष कलसिङ बि.क.ले जानकारी दिनुभएको छ ।

