जेठ २३, सल्यान ।

सल्यानको बागचौर,कोटमौला-पातिहाल्न,रोल्पा सडकखण्डको शारदा नदिमा मोटरेवल पुल बन्ने भएको छ ।

कर्णाली प्रदेश सरकारको भ्याट सहित ३ करोड ६२ लाख बजेटमा पुल बनाउन प्रकृति निशान भुमी जेबीलाइ ठेक्का परेको छ । केहि दिनमा सम्झौता कार्य गरेर असार(साउनबाट पुलको काम सुरु हुने पुर्वधार विकास कार्यालय सल्यानका प्रमुख विनोद पुनले बताए ।

उनका अनुसार पुलको लम्बाइ २५ मिटर र चौडाइ साढे ५ मिटर हुनेछ । यो पुल बागचौर-नपातिहाल्न सडकको शारदा नदिको झुलुङ्गे पुल नजिकै बन्नेछ ।

 

सम्झौता भएको एक वर्ष भित्र पुलको निर्माण कार्य सक्ने गरि तयारीमा आफु लागेको प्राकृति निशान भुमी जेबिका जेबि लिडर डिल्ली प्रकाश केसीले बताएका छन् ।

यो खण्डको शारदा खोलामा मोटर पुल नहुँदा वर्षातको समयमा सवारी आवाजजावत प्रभावित हुने गरेको छ । मोटर पुल नहुँदा बाह्रै महिना मोटरसाइकल भने झुलुङ्गे पुलबाट वारपार गर्ने गरेका छन् ।

 

बागचौर नगरपालिकाको वडा नम्बर ८ र ९, छत्रेश्वरी गाउँपालिकाको केहि भाग तथा रोल्पाको गंगादेव गाउँपालिका नागरिकहरुले यो रुट प्रयोग गर्ने गर्छन् ।