बैशाख २०, सल्यान ।
सल्यानमा सोमबार ६२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार पिसिआर परिक्षणमा २६ जना र एन्टिजेन परीक्षणमा ३७ जना गरी कुल ६२ जनालाइ कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार ६२ जनाको एन्टीजिन परिक्षण गरेकोमा ३६ जनाको पोजेटिभ आएको हो । शारदा नगरपालिका र सल्यान अस्पतालका १६, छत्रेश्वरी गाउँपालिकाका ४, त्रिवेणी गाउँपालिका ३, बागचौर नगरपालिका ५ बनगाड कुपिण्डे नगरपालिका ६ र कुमाख गाउँपालिकाका २ जनामा कोरोना पोजेटिभ देखिएको कार्यालयले जनाएको छ ।
त्यस्तै १२५ जनामा पिसिआर परिक्षण गर्दा २६ जनालाइ पोजेटिभ देखिको स्वास्थ्य कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले बताए ।
सल्यानमा हाल सक्रिय संक्रमितको संख्या २ सय ९९ रहेको छ । जसमा १४ जना अस्पतालमा उपचाररत छन् भने २ सय ८५ जना होम आइसुलेशनमा रहेका छन् । कोरोनाबाट हालसम्म सल्यानमा उपचाररत ५ जनाको मृत्यु भइसकेको छ ।
यसैबीच सल्यानमा हिजोदेखि गरिएको निषेधाज्ञाले जिल्लाका प्रमुख बजारहरु सुनसान भएका छन् । यातायातका साधनहरु ठप्पै रहेका छन् भने बजार पूर्ण रुपमा बन्द रहेका छन् । चोकचोकमा बसेर प्रहरी र ट्राफिक प्रहरीले परिचयपत्र जाँचमा कडाइ गरेका छन् ।
निजि तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाइएको छ भने अत्यावश्यकीय क्षेत्रका केही सवारीसाधन मात्र चल्न दिइएको छ ।
