सल्यान १९, बैशाख ।
सल्यानको छत्रेश्वरि गाउँपालिका अध्यक्ष सन्तोष केसिलाई कोरोना संक्रमण भएको छ । गत १६ गते गाउँपालिका कार्यालयमा गरिएको पिसिआर परिक्षणको रिपोर्टमा केसिलाई संक्रमण पुष्टि भएको हो । ३४ वर्षिय अध्यक्ष केसि केहिदिन देखि बिरामी भएका थिए । केसि सङै उनकी धर्मपत्नी चादनी शाह केसिलाई समेत कोरोना संक्रमण देखिएको छ । केही लक्षन सहित बिरामी भएका अध्यक्ष केसि दम्पतीको स्वास्थ्यमा अहिले केही सुधार आएको अध्यक्ष केसिका स्वकिय सचिब नोगेन्द्र बुढाले बताए। अध्यक्ष केसि केहि दिनदेखि होम आइसोलेसनमा बस्दै आएका छ्न ।
गाउँपालिका अध्यक्ष केसि सङै ३ जना वडा अध्यक्ष समेत संक्रमीत भएको गाउँपालिकाले जनाएको छ । वडा नम्बर २ का अध्यक्ष प्रेम बहादुर खड्का, ४ का अध्यक्ष नेबबहादुर खड्का र ६ का अध्यक्ष चुडामणि दसौतीलाई कोरोना पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख गणेशमान डाङीले बताएका छ्न ।
गाउँपालिका अन्तरगतका केही कर्मचारी र स्वास्थ्यकर्मीलाई समेत कोरोना संक्रमण भएको स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमीत सबैजना अहिले होम आइसोलेसनमा बसेका छ्न ।
