बैशाख १८,सल्यान ।
भेरियन्ट सहितको कोभिड १९ बाट सल्यानमा शनिबार दुई जनाको मृत्यु भएको छ । सल्यान अस्पतालमा उपचारको क्रममा एक महिला र एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका २ का २६ वर्षीय पुरुष र रोल्पा गंगादेव गाउँपालिका ३ की ४८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । दुवै जना शनिबार मात्र अस्पतालमा उपचारका लागि आएका थिए । अस्पताल ल्याएको केही घण्टामा नै दुवैको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए । महिलाको मृत्यु भएको झन्डै चार घण्टा पछि पुरुषको मृत्यु भएको हो ।
सल्यानका पुरुष पनि केहि दिन अघी विरामी परेका थिए । मृत्यु पछि कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । ३÷४ दिनदेखि थाइराइटको समस्याका कारण बागचौर नगरपालिका स्थित एक पोलिक्लिनिकमा उपचार गराई रहेकी महिलाको त्यहाँ उपचार सम्भव नभएपछि शनिबारमात्रै रिफर गरि सल्यान अस्पताल ल्याइएको थियो ।
शनिबार दुई जनाको मृत्यु भएसँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ ।