बैशाख १७, सल्यान ।
सल्यानमा बैशाख १९ गते बिहान ६ बजेदेखि जेठ १ गते राती १२ सम्म निषेधाज्ञा गरिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला कोभिड –१९ ब्यबस्थापन केन्द्र सल्यानको सिफारिस अनुसार सल्यानका प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा घोषणा गरिएको हो ।
निषेधाज्ञामा अत्यावश्यक बाहेकका सम्पुर्ण सार्बजनिक तथा निजि सवारी साधनहरु संचालन पुर्नरुपमा रोक लगाउने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । निषेधाज्ञाको अवधिमा बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म अत्यावश्यक लगाएत खाद्य सामाग्री, तरकारी, फलफुल, दुग्धजन्य पदार्थ,औषधि तथा स्वास्थ्य सामाग्रीका पसलहरु स्वास्थ्य मापदण्ड अपनाई संचालन गर्न पाइने छ ।
अत्यावश्यक सवारी संचालनका लागि पास जिल्ला प्रसासन कार्यालय बाट लिनु पर्ने र बिवाह, बर्तबन्ध जस्ता कार्य गर्दा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर १५ जनासम्म हुनेगरी सम्पन्न गर्न सकिने प्रशासनले जनाएको छ ।


