वैशाख १४,सल्यान ।

जिल्ला प्रशासन कार्यालय सल्यानले तालिका अनुसार जिल्लाका हरेक पालिकाका सेवा ग्रहाही लाई सेवा दिने भएको छ । जिल्लामा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयले नयाँ भेरियन्ट सहितको कोभिड १९ को दोस्रो लहरको संक्रमण सल्यान जिल्लामा पनि बढ्दो क्रममा रहेकाले जिल्लाको सदरमुकाममा रहेका प्रशासण कार्यालय,मालपोत कार्यालय र नापि कार्यालयमा हुने सेवा ग्रहाहीको भिडलाई कम गरि कोभिड सक्रमन फैलावटलाई नियन्त्रण गर्न कर्यालय हरूबाट दिइने सेवा वैशाख १६ देखि लागु हुने गरी हरेक पालिकालाई तालिका अनुसार सेवाप्रवाह गर्ने निर्णय गरेको छ । आइतबार, मंगलबार र बिहीबार बागचौर नगरपालिका,कुमाख गाउँपालिका,दार्मा गाउँपालिका,कपुरकोट गाउँपालिका र त्रिवेणी गाउँपालिका लाई त्यस्तै सोमबार,बुधबार र शुक्रबार शारदा नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका, कालिमाटि गाउँपालिका,सिद्दकुमाख गाउँपालिका,छत्रेश्वरी गाउँपालिकाका लाइ सेवाप्रवाह गर्ने निर्णय गरेको हो ।

यस्तो छ सुचनाNo photo description available.