बैशाख १३, सल्यान ।

सल्यानमा कोरोना संक्रमितको दर उच्च रुपमा वृद्धि भैरहेको छ । हिजो मात्रै १७ जनालाइ संक्रमण देखिएको सल्यानमा आज एकैदिन ३० जनालाइ संक्रमण देखिएको छ ।

आज जिल्ला अस्पतालमा गरिएको परिक्षणमा ११, त्रिवेणी गाउँपालिकामा १५ र कुमाख गाउँपालिकामा ४ जनालाइ कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले बताए । उनकाअनुसार बैशाख २ गतेदेखि यता मात्रै सल्यानमा ९९ जनालाइ कोरोना संक्रमण भएको छ ।

जसमा शारदा नगरपालिका वडा नम्बर २ खलंगाका एकजाको निधन भएको छ । अहिले संक्रमित ९८ जनामध्ये एकजाको काठमाडौं र एकजनाको नेपालगञ्जमा उपचार भैरहेको छ । उनिहरुको स्वस्थ्य अवस्था जटिल रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । त्यस्तै ८ जनाको स्वास्थ्य कार्यालय सल्यानको आइसुलेसनमा उपचार भैरहेको छ । बाँकी अन्य भने होम आइसुलेसनमा बसिरहेका छन् ।