सल्यान, २ बैशाख ।
सल्यानमा बिद्यालय स्तरिय वत्तृत्वो कला, नृत्य कला, अभिनय कला र गायन बिधा अनतर्गतको अडिसन सुरु भएको । सहयात्री कलाकेन्द्रले आयोजना गरेको अडिसन बैशाख १ गते नयाँ बर्षको दिन देखि सुरु गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शिवजन माध्यामिक बिद्यालय सितलपाठी सल्यानका वि.व्य.स अध्यक्ष राजेश बि.क ले बिद्यालयमा अध्यायनरत बालबालिकामा धेरै किसिमका प्रतिभाहरु रहेको र बाहिर ल्याउने नसकेको बताएका छन् । बिद्यालयले शुक्रबार अतिरिक्त त्रियाकलाप गराए पनि त्यो बिद्यालयमा मात्र सिमित भएको र उनिहरुको प्रतिभालाई बाहिर ल्याउनु पर्ने बताएका छन् । उनले लुकेका प्रतिभाहरु बाहिर ल्याउना बेला बेला यस्ता हरेक बिधामा प्रतिस्पर्धा गराउनु पर्ने बताए । उनले बिद्यालय स्तरिय वत्तृत्वो कला,नृत्य कला,अभिनय कला र गायन बिधा अनतर्गतको अडिसन सुरु गरेको मा अयोजकलाई धन्यवाद समेत दिए ।

तेस्तै कार्यक्रमका बिशिष्ट अथिति राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान शाखा सल्यानका सल्लाहकार सुरेन्द्र बुढाले अन्तर निहित प्रतभालाई प्रस्फुटन गर्न यस्ता कार्यक्रमहरु आयोजना गर्नु पर्न बताए । उनले यो कार्यक्रमले जिल्लाको सफल कलाकार उत्पादनमा सहयोग पुग्ने समेत बताए । अडिसनमा सल्यान जिल्ला बिद्यालय स्तरका बिद्यार्थिहरुलाई सहभागि गराईनेछ । अडिसन चार चरण म संचालन गरिनेछ । पहिले सल्यान जिल्लाका सबै पालिकाका बिद्यालयबाट ईच्छुक बिद्यार्थिहरुलाई अडिसनमा सहभागि गराईने छ । सहभागि बिद्यार्थि पहिलो ,द्रोस्रो र तेस्रो चरण पार गर्नु पर्ने छ । पछि फाईनल चरणमा राष्ट्रिय स्तरको जजहरुबाट बिजेता घोषणा गरिने कार्यक्रम निर्देशक एकराज थापाले बताए । उनले बिजेतालाई आकर्षक पुरस्कारको व्यस्था गरीएको बताएका छन् । उनले यो कार्यक्रमले क्षमतावान बिद्यार्थिलाई आफनो प्रतिभा पस्फुटन गर्न थप हौसला पर्दान गर्ने बताए । कार्यक्रमको उदेश्य लोकेर रहेका कला प्रतिभालाई खोज गरी, उनिहरुको क्षमता बिकाशमा सहयोग संगै उनिहरुकै प्रतिभा बजारमा ल्याउन टेवा पुर्याउने रहेको निर्देशक थापाले बताए । कार्यक्रम पहिलो छत्रेश्वरी गाउँपालिकाका २५ जना बिद्यार्थिहरुले आ–आफ्नो प्रतिभाहरु देखाएका छन् । उनिहरु सबै द्रोस्रो चरणको लागि छनोट भएका छन् । होटेल युनाइटेड्मा कार्यक्रममा सहभागिहरु संग नयाँ बर्ष २०७८ सालको शुभकामना अदानप्रदान समेत गरीएको थियो ।

