चैत २४, सल्यान । पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ सल्यान शाखाको नयाँ नेतृत्व र कार्यसमिति चयनको लागी चुनावी माहोल तातिएको छ ।महासंघको चुनावको मतदानको अघिल्लो दिन जिल्लामा नवीन पौडेल नेतृत्वको प्रेस युनियन, प्रेस चौतारी ९केपि० र जनपत्रकार संगठनको संयुक्त चुनावी गठबन्धनले १० बुदे प्रतिबद्ध सार्वजनिक गरेको छ ।
यस्ता छन १० प्रतिबद्धता
१, सुचनाको हक प्रयोग गरि जानकारी माग गर्दा लुकाउने प्रवृतिको अन्त्य गरि मागेको सुचना छिटो छरितो पाउँने व्यवस्था गरिने ।
२,जिल्ला स्थरका विज्ञापन तथा सुचनाहरु जिल्लाकै मिडियामा दिने व्यवस्था मिलाई एकद्धार प्रणाली लागु गर्ने ।
३,जिल्लामा संचालित संचारगृहको लागि टेलिफोन, विद्युत, इन्टरनेट, खानेपानी लगाएतका पूर्वधारहरुमा सहुलियतका लागि पहल गर्ने ।
४, सम्पूर्ण जिल्लामा कृयाशिल पत्रकारहरुको दुर्घटना विमाको व्यवस्था गर्ने ।
५, पत्रकार महासंघको भवन व्यवस्थापन तथा आवश्यक पूर्वधार निर्माण गर्ने ।
६, मिडिया सधैका लागि सबैका लागि बनाउने ।
७, सार्वजनिक महत्वका विषयहरुमा संस्थागत रुपमा स्थलगत रिपोर्टिङको व्यवस्था गर्ने ।
८, प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता रक्षाको लागि वकालत गर्ने ।
९, पत्रकारहरुलाई व्यवसायीक तथा पेसागत सुरक्षाको प्रत्याभुती दिलाउने ।
१०, पत्रकारितामा व्यवसायीक तथा सिपमुलक तालिमको व्यवस्था गर्ने ।
११, पत्रकारहरुको नियुक्ती र न्यूनमत पारिश्रमीक सुनिश्चितका लागि पहल गरिनेछ ।
