चैत १२, सल्यान ।
सल्यानको त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०७७र०७८ को कुल बजेटको अहिलेसम्म करिब २८ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाको कुल ४२ करोड ८८ लाख २२ हजार ७ सय २६ मध्ये हालसम्म ११ करोड ९८ लाख १९ हजार २ सय ९ रुपैयाँ खर्च भएको हो । यो २७।९४ प्रतिशत हो ।
लुहाममा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बसुन्धरा पुनले सो कुराको जानकारी गराएका हुन् । उनकाअनुसार आर्थिक वर्ष २०७७र०७८ को चौमासिकमा १५ करोड ९९ लाख ४३ हजार ४ सय ९६ मध्ये ४ करोड ११ लाख ६५ हजार ९ सय ६७ रुपैया १४ पैसा ९२५।७३ प्रतिशत० खर्च भएको छ ।
चौमासिकमा शिक्षा शाखामा विनियोजित १ करोड ११ लाख ७७ हजार ५ सय मध्ये ५८ लाख ४० हजार ९ सय ९० रुपैया ९५२।२५ प्रतिशत० खर्च भएको उनले बताए । यस्तै, स्वास्थ्य शाखामा विनियोजित ८५ लाख ३० हजार २ सय मध्ये ३१ लाख ५५ हजार १ सय ८५ रुपैया ९३६।९८ प्रतिशत० खर्च भएको छ ।
कृषि शाखामा विनियोजित ७० लाख ५० हजार मध्ये १३ लाख ४७ हजार १ सय ४४ रुपैया ५० पैसा ९१९।१ प्रतिशत० खर्च भएको छ । पशु शाखामा विनियोजित ४९ लाख ९७ हजारमध्ये १८ लाख ६६ हजार २ सय ३१ रुपैया ७९ पैसा ९३७।३४ प्रतिशत० खर्च भएको छ ।
गाउँपालिकाको कार्यालयबाट भैरहेका सेवा प्रवाह भौतिक पुर्वाधार निर्माण, बजेट लगायतका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । जनताहरुलाइ सुशासनका प्रत्याभूति दिन र आम जनमानसमा स्थानीय सरकारलाइ सफल एवम सबल संस्थाको रुपमा स्थापित गर्नका लागि त्रिबेणी गाउँपालिकाले सार्वजनिक सुनवाई सम्पन्न गरेको हो ।
आर्थिक वर्ष २०७७र०७८ मा वडाले गरेका विकास निर्माणका कामहरुको बारेमा वडासचिब दिपक गौतमले जानकारी गराएका थिए । कार्यक्रममा वडाका जनताहरुको राखेका प्रश्नहरुको जवाफ संम्बन्धीत शाखा प्रमुख तथा गाउँपालिका अध्यक्षले दिएका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बसुन्धरा पुनले आर्थिक वर्ष २०७७र०७८ को चौमासिकमा शिक्षा शाखामा विनियोजित १ करोड ११ लाख ७७ हजार ५ सय मध्ये ५८ लाख ४० हजार ९ सय ९० रुपैया ९५२।२५ प्रतिशत० खर्च भएको बताए ।
कार्यक्रममा जवाफदेही वक्ताको रुपमा स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ, प्राविधिक शाखाबाट ईन्जिनियर शिबराज गोसाई, शिक्षा शाखा प्रमुख गणेश प्रसाद आचार्य, कृषि शाखा प्रमुख लक्ष्मी चन्द बबाल, पशु शाखा प्रमुख बसन्त रावत, गाउँकार्यपालिका सदस्य कान्ती वलि, वडा सदस्य जीवलाल कामी, हिरा बिक, भोलाप्रसाद खड्का र त्रिबेणी गाउँपालिका भित्रका शिक्षक लगायत १ सय ५० भन्दा बढि स्थानीयहरुको सहभागिता रहेको थियो ।
त्रिबेणी गाउँपालिका सल्यानले आयोजना गरेको कार्यक्रममा सभाध्यक्ष तथा जवाफदेही बक्ताको रुपमा गाँउपालिका अध्यक्ष मानबहादुर डाँगी रहेका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष करुणा खड्काले स्वागत मन्तव्यमा राखेकी थिइन् भने कार्यक्रमको सहजिकरण पत्रकार उत्तर कुमार साहुले गरेका थिए ।
