चैत १२, सल्यान ।
जिल्ला प्रशासन कार्यालय सल्यानले सार्वजनिक ठाउँहरुमा भिडभाड नगर्न आग्रह गरेको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमण बढदै गएका कारण सल्यान जिल्लामा पनि सार्वजनिक स्थानहरुमा भिडभाड नगर्न प्रशासनले आग्रह गरेको हो ।
प्रशासनले एक सुचना जारी गर्दै छिमेकी देश भारतमा कोरोना संक्रमण तिव्र रुपमा वृद्धि हुँदै गएकोले सल्यानमा पनि संक्रमण देखिन सक्ने भएकाले सहज रहन आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जारी गरेको सुचनामा आउँदै गरेको होली पर्व लगायतका चाडपर्वमा भिडभाड नगर्न, घर बाहिर निस्किदा वा यात्रा गर्दा अनिवार्य मास्कको प्रयोग गर्ने, सेनिटाईजर लगाउने तथा सामाजिक दुरी कायम गर्ने, यदि मास्क नलगाएर हिडेको पाइएमा संक्रमण रोग एन २०२० बमोजिम कारवाही गर्ने बताइएको छ ।
यसैबीच जिल्ला भित्रिने मुख्य नाका कपुरकोट, कालीमाटी गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिकाको बालुवा संग्रहरी नाकामा कडाई गरिने प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवि होमागाईले बताइन । उनका अनुसार उक्त नाकाहरु बाट भित्रने व्यक्तिहरुको स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाईने छ ।
यस्तै स्वास्थ्य सेवा कार्यलयसँग कोभिड १९ को आरडिटिको मात्रा कम भएकाले स्वास्थ्य निर्देशनालय सुर्खेतमा माग गर्ने निर्णय भएको प्रजिअ होमागाइले बताइन ।
