सल्यान, ५ चैत्र ।
कर्णाली प्रदेशको प्रवेरद्धार मानिने सल्यान र दाङको सिमाना नजिकै निमार्ण हुना लागेको सल्यान गेट निर्माणको लागि सहयोग गर्ने सहयोगी हातहरु थप्पि रहेको छन् । सल्यानका युवाहरु मिलेर बनाउना लागिएको सल्यान गेट निर्माणको लागि एक जना युवाले ठुलै राशिको रकम सहयोग गरेका छन् । सल्यान खलंगा जन्मस्थान भएर हाल काठमाडौ कोटेश्वर तिनकुनेमा बस्दै आएका कृष्णलाल श्रेष्ठले हालसम्मकै उच्च सहयोग रु १,००,००० (एक लाख रुपैया) सहयोग गरेका छन । सल्यानका युवाहरुले थालेको यस अभियानको उत्साहमा सहभागी हुने इच्छा भएर आफुले यस अभियानमा सहयोग गरेको उनले बताए ।
सल्यानी युवाहरुले सल्यानको पहिचान झल्काउने उद्देश्यले सल्यानको सिमाना नजिकै विभिन्न संरचना निर्माण गरिरहेका छन । युवाहरुले सल्यान गेट, मिनी सल्यान पार्क, मन्दिरका साथै जय सल्यान स्तम्भ निर्माणको काम गरिरहेका छन । सल्यान गेट निर्माणका लागि विभिन्न ठाउँमा रहने व्यक्तीहरुले उत्सहाका रूपमा आर्थिक भौतिक सहयोग गरिरहेका छन । मिनी सल्यान पार्कमा रहने मन्दिर, जय सल्यान स्तम्भको प्लस्टरको काम सक्किए संगै अन्य काम निरन्तर अगाडि बढिरहेको अभियान्ताहरूले बताएका छन । अब प्रतिक्षालयको काम सँगै मिनी सल्यान पार्कलाई पर्खालले घेर्ने काम भैरहेको छ ।