प्रकाश शर्मा
सल्यान, २१ फागुन ।
दार्मा गाउँपालिकाको फारुलामा प्रसुति गृह तथा नागरिक आरोग्य केन्द्र भबन उद्घाटन कार्यक्रम सम्पन्न भयको छ ।
शुक्रबार, दार्मा गाउँपालिकाको आयोजनामा जिल्ला समन्वय समिति प्रमुख केस बहादुर विष्टको प्रमुख आतिथ्यता तथा उपप्रमुख हरिबहादुर बुढाथोकि, राष्ट्रिय योजना आयोगका अधिकृत परसुराम पोख्रेल, नेपाली काँग्रेसका जिल्ला उपसभापति निम बहादुर ओलि, नेपाल कम्युनिस्ट ९नेकपा०का जिल्ला सदस्य अनन्त प्रसाद शर्मा , दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसि, उपाध्यक्ष टिका शर्मा , लगायतको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
दार्मा गाउपालिकाको रु। ५४ लाख र जिल्ला समन्वय समिति को रु। ५४ लाख गरि जम्मा रु।१ करोड ८ लाखमा प्रसुती गृह भवन निर्माण सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रम लाइ सम्बोधन गर्दै प्रमुख अतिथि बिस्टले भबन उद्घाटन गरेर मात्रै नभई यस बाट दिइने सेवा जनताले प्रत्येक्ष अनुभुति हुनेगरि सेवा दिन अपिल गर्नु भयको छ ।
बाँकि रहेका काममा जिल्ला समन्वय समितिले नै बजेटको ब्यबस्था गरि पुरा गर्ने प्रतिबद्धता समेत उहाँले गर्नु भएको छ । यस भबन बाट ल्याब सेवा, ओपिडि सेवा, प्रसुति सेवा तथा आयुर्बेद सेवा पनि दिइने बताइएको छ ।
