सल्यान १५, फागुन ।
सल्यान प्रहरीले अवैध जडिबुटी ठुलो मात्रामा नियन्त्रणमा लिएको छ । जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेका दुई ट्रक सल्यान सल्लीबजारमा खानतलास गर्ने क्रममा ठुलो परिणामको जडिबुटी फेला परेको हो । दुई ट्रक खानतलास गर्ने क्रममा ७ हजार ७ सय ५८ किलो जडीबुटी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

ना ४ ख ६४१३ र ना ८ ख ५४३ नम्बरका दुई ट्रक नियन्त्रणमा लिई अनुसन्धान गर्दा छुट पुर्जी नै नभएको जडिबुटी भेटिएको प्रहरीको भनाई छ । छुट पुर्जी बेगरको सबै जडिबुटी नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ ।
सुगन्धबाला ९समायो० विषफेज, अमला, काउलो र चुत्रोको बोक्रा गरी ७ हजार ७ सय ५८।९८ किलो जडिबुटी अवैध तरिकाले पैठारी हुन थालेको अवस्थामा फेला पारेको डिभिजन बन कार्यालय सल्यानका सूचना अधिकारी मनोज शर्मा लम्सालले जानकारी दिए ।

लम्सालका अनुसार उक्त जडिबुटी व्यापारी अहिले सम्पर्क बिहिन भएको बताउनु भएको छ । ट्रक चालक तुलाराम थापालाई अनुसन्धानको लागि राखिएको छ भने अर्का ट्रक चालक गणेश विकसहित जडिबुटी व्यापारी रामप्रसाद चौलागाईं सम्पर्कमा नरहेको लम्सालले बताए । दुबै जनाको खोजतलास कार्य जारी रहेको समेत जनाएको छ । मुद्दा चलानको लागि सबै प्रक्रिया पूरा भएको जनाएको छ ।