सल्यान ७, फागुन ।
दार्मा गाउँपालिका वडा नं ५ को वडा कार्यालय निर्माण गर्नका लागि जग्गा प्रदान गर्ने दार्मा गाउँपालिका वडा नं ५ भोपाल्न निवासी राम बहादुर हमाल र जीम कुमारी हमाललाई वडाले एक कार्यक्रमका बिच सम्मान गरेको छ । उनिहरुले वडा कार्यालय निर्माण गर्ना ३ रोपनी जग्गा निःशुल्क दान गरेका छनु । यो महान् कार्यका लागि आज फागुन ७ गतेको एतिहासिक दिनमा दार्मा गाउँपालिका वडा नं ५ को कार्यालयद्वारा जग्गादातालाई सम्मानसहित नागरिक अभिनन्दन गरिएको वडाले जनाएको छ । कार्यक्रममा दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के.सी अरुणले ५ नं वडा बासी सम्पूर्ण नागरिकलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै जग्गादाता जसले विना शर्त र स्वार्थ तमाम अवरोध, बाधा, व्यवधान अनि धाक र धम्कीलाई प्रवाह नगरी अमूल्य जग्गादान गर्नु भएको छ, उहाँलाई कोटि कोटि नमन व्यक्त गर्दै धन्याबाद दिएका छन् ।
कार्यक्रममा दार्मा गाउँपालिका ६ न. वडा अध्यक्ष दुर्गा बहादुर मल्ल र जनप्रतिनिधिहरु, नेकपाका जिल्ला नेता अनन्त शर्मा, दल बहादुर केसी, शेर बहादुर केसी, नेपाली कांग्रेसका नेता कूल बहादुर चन्द, जिल्ला पशु सेवा अस्पतालका डा. कपिल प्रसाद उपाध्याय, शिक्षा शाखा प्रमुख शेर प्रसाद ढकालले बधाई तथा शुभकामना मन्तव्य राख्दै व्यक्तिगत सम्पत्तिको चरम मोह बढीरहेको बेला निशुल्क जग्गादान गर्ने समाजसेवी हमाल दम्पती सबैका लागि प्रेरणाका पात्र बनेमा धन्यवाद दिएका छन् ।
दार्मा गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष राम बहादुर केसी अक्ष्यक्षता वडा सदस्य सुदिप केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन वडा सचिव केशव केसीले गरेका थिए । कार्यक्रमा आमा समुह, महिला समुह र सहकारीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए भने स्थानीय बाजा गाजा र दमाहा नाच प्रस्तुत गरिएको थियो । No description available.No description available.No description available.