सल्यान १९ माघ ।

कर्णाली प्रदेशको प्रवेरद्धार मानिने सल्यान र दाङको सिमाना नजिकै निमार्ण हुना लागेको सल्यान गेट निर्माणको कार्य आज देखी औपचारिक रुपमा शुभारम्भ गरिएको छ । सल्यानका युवाहरु मिलेर बनाउना लागिएको सल्यान गेट कपुरकोट गाँउपालिकाका बर्ष ५५ का समाजिक व्यक्ति तथा धार्मिक आस्थावान पुजारी टिकाराम घर्तीज्युबाट पूजापाठ गरेर यस अभियानको शिलान्यास गरिएको छ ।
गेट नजिकै बन्ने मिनी खैरावाङ मन्दिर निर्माण गरीने भएको छ । आज मन्दिरको शिलान्यास गरीएको छ । गेट निर्माणका लागि युवाहरु स्वयमले श्रम गर्ने छन । युवाहरुले घैती, ब्याल्चे प्रयोग गरेर आफैले श्रम गरेका छन युवाहरुले क्रमिक रुपमा रोटेसनवाइज तरिकाले गेट निर्माणको निम्ती श्रम गर्ने कुरा जानकारी गराएका छन् ।
गेट फलामको बनाउन लागिएकाले फलामको गेटका निम्ती अर्डर, कोटेसन माग, निर्माण चरण अब क्रमिक रुपमा जोड्दै लगिने सल्यान गेट निर्माणका अभियान्ता धुर्वराज वलिले जानकारी दिएका छन् ।
आज गेट निर्माण स्थानमा यस अभियानका धेरै अभियान्ताहरुको उपस्थिति रहेको थियो । यस अभियानमा सल्यानका सबै युवा शक्ति जोडिना सल्यान गेट निर्माणका अभियान्ता धुर्वराज वलिले अनुरोध गरेका छन् । गेट निर्माणको लागि जिल्लाका सबै बिशिष्ट व्यक्तिहरुको सहयोग र सल्लाह लिईने अभियान्ता वलिले जानकारी समेत गराएका छन् ।
सल्यान गेट निर्माण अभियान शुभारम्भ कार्यक्रमा उपस्थित अभियान्ताहरु
१, धुर्बराज वली
२, सँगम बिहानी
३, टेकराज वली
४, राज बुढामगर
५, हरी सेर्पाइली
६, कमल बुढामगर
७, रमेश विक
८, सर्जन रेउले
९, निरज यादव
१० डिल्ली थापा
११, प्रनिस रेउले
१२० ललित गिरी
१३, बिनोद मगर
१४, चुडामनी पुन
१५, बालकृष्ण शेर्पाइली
१६, लकेट सिंह
१७, कमल मगर
१८, निराजन सिंह
१९, नबराज भण्डारी
२०, शरण श्रेष्ठ
२१, सुधन योगी
२२, सुजन न्यौपाने
२३, पारस रसाइली
२४, प्रदिप रसाइल