सल्यान १८, माघ ।
सल्यानको दार्मा गाँउपालिका वडा नम्बर ५ मा आलु पकेट क्षेत्र बिस्तार गरीने भएको छ । “एक स्थानिय तह, एक उत्पादन” कार्यक्रम अन्तरगत कृषि बिकास कार्यालय सल्यानको २० लाख र दार्मा गाँउपालिकाको ८ लाख पचास हजार लागतमा आलु पकेट क्षेत्र सञ्चालन गर्न लागिएको छ । यसका लागि दार्मा गाँउपालिका वडा नम्बर ५ को ३ ओटा कृषि समुह र १ सहकारी छनोट गरी आलुको बिउ उपलब्ध गराईएको छ । कृषिमा आत्मा निर्माण बनाउने र पकेट क्षेत्र बिस्तार गर्न आलु खेति गर्न लागिएको हो ।