सल्यान ४ माघ
कर्णाली प्रदेशको प्रवेरद्धार मानिने सल्यान र दाङको सिमाना नजिकै निमार्ण हुना लागेको सल्यान गेट निर्माणको काम तिव्र रुपमा अगाडि बढेको छ । सल्यान गेटको प्राराम्भिक डिजाईनको काम सम्पन्न भएको छ । सल्यानको पहिचान झल्किने गरी गेटको निर्माण गरिने भएको छ । गेटको माथिको भागमा खैरावाङ्ग मन्दिर र अर्को साईटमा छत्रेश्वरी मन्दिरको चित्र राख्ने गरी डिजाईको काम सुरु गरेको सल्यान गेट निर्माण का अभियान्ता धुर्वराज वलीले जानकारी गराएका छन् । तेस्तै सल्यानी खुकुरीको पनि राख्ने बताएका छन् । 
उनले उक्त डिजाईन प्रारम्भिक डिजाइन भएको र सबैको सल्लाह सुझाव गरेर नै फाईनल डिजाई गरिने बताएका छन् । गेट फलामको बनाईने छ । गेटको डिजाईनको कामArambha Architects & Engineers ले निशुल्क रुपमा गरीदिएको हो । 

