सल्यान १० पुष
सल्यानको दार्मा गाउँपालिले देशमा परिवर्तन लागि ऐतिहासिक जनआन्दोलनका सहिदहरुको सम्झनामा निर्माण गरिएको सहिद गेट र सहिदहरुको प्रतिमा अनावरण गरेको छ । गाउँपालिकाले दार्मा ३ फारुलाबजारमा सहिद गेट निर्माण गरेको छ । सहिद गेटमा जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल, लखन थापा, २०६२–०६३ को ऐतिहासिक जनआन्दोलनका सहिद उमेसचन्द्र थापा र शसस्त्र जनयुद्धको क्रममा दार्मा गाउँपालिकाबाट शाहदत प्राप्त शहिद तथा बेपत्ता योद्दा को प्रतिमा अनावरण गरिएको दार्मा गाउँपालिकाले जनाएको छ । गेटमा २६ जना सहिदहरुको सालिक निर्माण गरिएको छ । गेटको माथिको भागमा दायाँ पट्टि नेपालको राखिएको छ भने वायाँ पट्टि किसान श्रमिकहरुको अंकित चिन्ह हसिया हतौडा राखिएको छ ।

दार्मा गाउँपालिका सहिद समाज दार्माको आयोजना र दार्मा गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएका जनयुद्ध र जनआन्दोलनमा शाहदत प्राप्त व्यक्तिहरुको प्रतिमा शुक्रबार एक कार्यक्रम गरी अनावरण गरिएको हो ।

अनावरण कार्यक्रममा दार्मा गाउपालिका अध्यक्ष निम बहादुर केसी, उपाध्यक्ष टिका शर्मा कार्यपालिका सदस्य हरु सबै वडाका वडा अध्यक्षहरु नेकपा कर्णालि प्रदेश परिषद् सदस्य सि पि ओली, सल्यान जिल्ला समन्वय समिति सदस्य पोखर राज केसी लगायतले जनयुद्ध र जनआन्दोलनका बारेमा मन्तव्य राखेका थिए । अनाबरण कार्यक्रमको अध्यक्षता दार्मा सहिद समाजका अध्यक्ष पुर्ण बहादुर राणा र संचालन सहिद परिवार अनिल चन्दले गरेका थिए ।

