चुडामाणि पि.एम
सल्यान, २८ अशोज

पछिल्लो समय सांगितिक बजारमा फड्को मारेको लोकदोहरी गितको क्षेत्रमा एक पछि अर्काे नयाँ गितहरु बजारमा आईरहेका छन् । कुनै समय धेरै रुचाइएको लोकदोहोरी गितको क्षेत्र मध्य समयमा सेलाउने क्रममा थियो । पुनं. पछिल्लो समयका फड्को मारेको छ । यो समयमा यस्तो हुनुको कारण लोकदोहोरीको क्षेत्रमा टिपिकल शब्दको प्रयोग हुनु हो भन्ने गरेका छन् पुराना गयक गयिका । “सालको पातको टपरी”,“गल्बन्दी च्यातियो”, लागायतका गितहरु यसका उदाहरण पनि हुन् । पछिल्लो समय फेरी एउटा “मुलको पानि सालैको पातैले खुवाईदेऊ मायाले तिम्रो हातैले” बोलको टिपिकल गित बजारमा आएको छ । गितमा शर्जक शरद पाण्डेको शब्द,संगित तथा लोकप्रिय गायक कुलेन्द्र बि.क र गायिका सुशिला थापाको स्वर रहेको छ । उतm गितको भिडियो लाई शंकर बि.सीले निर्देशन गरेका छन् । भिडियोमा शंकर बि.सी., रुबिना अधिकारी ,अर्जुन गौतम र दिक्षा श्रेष्ठले अभिनय गरेका छन् । कृष्ण फिल्मस एण्ड एटभरटाईजिङ्ग बनाएको भिडियोको छायांकन दुर्गा पौडेलले गरेका छन् । गित शुसिला थापाको युटुव च्यानलबाट बजारमा आएको छ । गायिका थापाले गित राम्रो बनाउनाको लागि आफुले धेरै मिहेनत गरेको बताएकी छन् । उनले गितको भिडियो हेरेर तथा गित सुनेर सल्लाह तथा प्रतिकृया दिना पनि सबैमा अनुरोध समेत गरेकी छन् ।

गितको पुरा भिडियो हेर्नको लागि तलको लिकंमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=x40wtdUCDWY&feature=share&fbclid=IwAR2HJAuJwa8fnguFq8jz9RsqUM_JxEpwM1mQJt6-7cGUl6n9WxFCCiQIPls

https://www.youtube.com/watch?v=x40wtdUCDWY&feature=share&fbclid=IwAR2HJAuJwa8fnguFq8jz9RsqUM_JxEpwM1mQJt6-7cGUl6n9WxFCCiQIPls