‘संविधान दिवस हर्षोल्लासका साथ मनाऔं, घर घरमा राष्ट्रिय झण्डा फहराऔं’ भन्ने मुल नारा सहित राप्ती गाउँपालिामा मौत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगीताको आयोजना गरिएको छ ।

संविधान दिवश २०७७ को अवसरमा राप्ती गाउँपालिकामा कार्यरत कर्मचारीहरुविच ब्याडमीन्टन प्रतियोगीताको आयोजना गरिएको हो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा आजदेखि सुरु भएको ब्याडमीन्टन प्रतियोगीतामा १६ समूहको सहभागीता रहेको छ ।

संविधानको मर्म अनुसार नागरिकको सेवामा प्रतिवद्ध रहने प्रतिबद्धताका साथ काम गर्न राप्ती गाउँपालिका अध्यक्ष नुमान्नद सुवेदिले कर्मचारीलाई अनुरोध गरेका छन् । गाउँपालिकाले देखी ४ गते सम्म घरघरमा दीप प्रज्वलन गर्न र राष्ट्रिय झण्डा फहराउ सबैमा अनुरोध गरेको छ ।