असार १९, सल्यान ।
सल्यानको कुमाख गाउँपालिकाले दशौ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर गिरीले गाउँसभामा ४ बर्ष सम्मका मुख्य उपलब्धीहरु संगै गरिएका कामहरु र देखिएका समस्याहरुका साथमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन । कार्यत्रममा जिल्ला समन्वय समिति उपप्रमुख हरि प्रकाश बुढाथोकीले शुभकामना मन्तव्य दिएका थिए । प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर घर्तीले संचालन गरेको कार्यक्रममा गाउाँपालिका उपाध्यक्ष डिल्लीराज जैशी लगायत, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुको सहभागीता रहेको थियो ।
गाउँपालिकाले कृषीलाई आर्थिक विकासको मुख्य रुप भन्दै रैथाने बालीको सरक्षण, आधुनिक कृषि व्यवसायबाट उत्पादनमा वृद्धि गर्ने लक्ष्य राखेको छ । त्यस्तै आर्थीक विकासका लागि उद्योग पर्यटन र सहकारीलाई पनि संगसंगै जोड्ने गाउँपालिकाको लक्ष रहेको छ ।
सामाजिक विकासतर्फ एक विद्यालय एक बाल विकास केन्द्र, शैक्षिक गुणस्तरका लागि नियमित अनुगमन, प्रोत्साहन, तालिम भ्रमण लगायतका कार्यक्रमहरु रहेका छन । त्यस्तै गाउँपालिकामा क्याम्पस निर्माणका लागि पनि पहल गरिने छ ।
गाउँपालिकाले कोरोना महामारीलाई ध्ँयानमा राखेर स्वास्थ्यको क्षेत्रमा पनि नागरिकको रोग प्रतिरोधी क्षमता वृद्धिका लागि गाउँपालिकाको सम्पुर्ण शक्ती परिचालन गर्नुका साथै शान्ति र समृद्धि कुमाखबासीको आवश्यकता, पूर्ण सरसफाइयुक्त गाउँपालिका हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ सन् २०२१ सम्म पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्न सरसफाइसम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने छ ।
महिला तथा गर्भवती आमाको स्वास्थ्यमा विशेष ख्याल गर्ने जनाइएको नीति तथा कार्यक्रममा गाउँपालिकाको १५ शैयाको अस्पतालबाट दिइने सेवालाई पनि नयाँ भवनबाट व्यवस्थीत बनाइनेछ । पोषणका साथै आयुर्वेदिक स्वास्थ्यलाई पनि ख्याल गर्ने गाउँपालिकाले जनाएको छ ।
खानेपानी, संस्कृती, लैगिक समानता तथा सामाजिक समावेशीकरण र रोजगार तथा सामाजिक न्याय सम्बन्धी पनि काम गरिनेछ । त्यस्तै पुर्वाधारको क्षेत्रमा सडक तथा पुल, सिंचाई, भवन तथा सहरी विकास, संचार, उर्जा लघु तथा साना जलविद्युत, वन बाताबरण र विपदका साथै संस्थागत विकास, सेवा प्रवाह र सुशासनका क्षेत्रलाइ पनि नीति तथा कार्यक्रमले समेटेको छ ।
नीति तथा कार्यक्रममा निरन्तर छलफल भैरहेको छ भने गाउँसभामा शनिबार उपाध्यक्ष डिल्लीराज जैसीले बजेट प्रस्तुत गर्नेछन । छलफलका क्रममा सहभागी कार्यपालिका सदस्यहरुले नीति तथा कार्यक्रम राम्रो भएको तर कार्यान्वयनमा समस्या देखिएको भन्दै लागु गर्नेमा चासो हुनुपर्ने बताएका छन ।

नीति तथा कार्यक्रमको प्रतिलिपी

कुमाख गाउँपालिका, सल्यान
‘‘कृषि, शिक्षा, पर्यटन कुमाखबासीको आधार,
आत्मनिर्भर अर्थतन्त्र घरघरमा रोजगार’’

सभाका सदस्यज्यूहरू, गाउँसभाका सचिव ज्यू, गाउँपालिकाका सम्पूर्ण कर्मचारीज्यूहरू र उपस्थित पत्रकार तथा सञ्चारकर्मीज्यूहरू,
१. नेपालको संविधान २०७२ बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको माध्यमबाट विकास र समृद्धि हासिल गरी स्वाधीन, समुन्नत तथा समाजजाद उन्मुख अर्थतन्त्र विकास गर्ने परिकल्पना सहित तीन तहका सरकार गठन भएका छन् । संविधानले स्थानीय सरकारलाई दिएको संवैधानिक अधिकार प्रयोग गर्दै स्थानीय सरकार सञ्चालन ऐनको मर्म र भावनालाई आत्मसात गर्दै र नेपालको संविधानमा उल्लेखित मौलिक हकहरूलाई आधार मान्दै जनप्रतिनिधिको हैसियतले आर्थिक वर्ष २०७८÷०७९ को कुमाख गाउँपालिकाको नीति तथा कार्यक्रम यस गरिमामय गाउँ सभामा प्रस्तुत गर्न उपस्थित भएको छु ।
२. देश र जनताको आर्थिक, सामाजिक, राजनैतिक समृद्धिका लागि महान जनयुद्ध, २०६२÷०६३ सालको जन आन्दोलन, मधेश आन्दोलन लगायत विभिन्न आन्दोलनमा आफ्नो अमूल्य जीवन वलिदान गर्ने महान् शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । वेपत्ता योद्धाहरूप्रति सम्मान व्यक्त गर्दछु, साथै सम्पूर्ण घाइते तथा अपाङ्ग योद्धाहरूको स्वास्थ्य लाभको कामना गर्दछु र आम जनताहरूप्रति हार्दिक अभिवादन व्यक्त गर्दछु ।
३. विश्वव्यापी महामारी रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणले विश्वमा मानव जातिलाई नै आक्रान्त बनाएको छ । यो महामारीबाट हाम्रो देश, जिल्ला र गाउँपालिका अछुतो रहन सकेन । कोरोना भाइरस ९कोभिड–१९० बाट संक्रमित हुनुभएका देश विदेशका सम्पूर्ण नेपालीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस कोरोनाको दोस्रो भेरिएन्टका कारणले ज्यान गुमाउनु हुने कुमाख गाउँपालिकाका ४ जना नागरिक लगायत सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र शोकाकुल परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गर्दछु । हाम्रो गाउँपालिकामा संक्रमित हुनुभएका जम्मा ६०६ लाई होम आईसोलेसनमा र ४७ जनालाई कोभिड आईसोलेसनमा भर्ना गरी उपचारपछि सञ्चो भएर घर पठाइएको छ र संक्रमित भई सञ्चो हुनु भएका महानुभावहरू सबैको स्वास्थ्य लाभको कामना गर्दछु । महामारीको यस विषम परिस्थितिमा मानव जीवन रक्षाका लागि गाउँपालिकाले गरेका निर्णयहरूलाई कार्यान्वयन गर्न अग्रपंक्तिमा रहेर काम गर्ने डाक्टर केशव शर्मा, स्वास्थ्य शाखाका संयोजक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयम्सेवक, जनप्रतिनिधिहरू, गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरू, कुमाखि जनताको जिवन रक्षाका लागि संकटको बेला स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएर सहयोग गर्ने महनानुभावहरू, सबै जनसमुदायप्रति हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु । यस महामारीको संक्रमणबाट बच्न उच्च मनोबलका साथ सतर्कता र संयम अपनाउन सम्पूर्ण कुमाखबासीहरूमा अनुरोध गर्दछु । साथै, कोरोनाको दोस्रो भेरियन्ट महामारीको विरुद्धको साझा अभियानमा सबै सकारात्मक सोचाईका साथ अगाडि बढौं र अन्तत् ः जीत मानव जातिकै हुनेछ र हुनुपर्छ ।
४. आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अघि आर्थिक वर्ष २०७४÷०७५ देखि २०७७÷०७८ सम्मको यस कुमाख गाउँपालिकाको समग्र विकासको अवस्थाबारे संक्षिप्त रूपमा राख्न चाहन्छु ।
५. नेपालको संवैधानिक व्यवस्था अनुरूप २०७४ बैशाख ३१ गते निर्वाचन सम्पन्न भई कुमाख गाउँपालिकाको सरकार गठन भएको ४ वर्षको यस अवधिमा पहिलो वर्ष ज्ञान आर्जन, सिकाइ÷अनुभव, दोस्रो÷तेस्रो वर्ष पूर्वाधार विकासका जगहरू र आर्थिक, सामाजिक विकास र सरकार सञ्चालनका लागि विभिन्न नीति, नियम, ऐन र कार्यविधि निर्माणका साथै यस वर्ष कोरोना भाइरसको दोस्रो भेरिन्ट व्यवथापन, भौतिक पूर्वाधार र सुशासन प्रवद्र्धनलाई जोड दिईयो ।
६. निर्वाचन भएपछि दैनिक कार्य सञ्चालनका लागि ३ वटा वडापालिका बाहेकअन्य वडाहरूर पालिकामा कुनै भौतिक पूर्वाधार थिएन । विद्युत् र सूचना प्रविधिको पहुँचबाट कुमाख गाउँपालिका निकै टाढा थियो । सदरमुकामदेखि कुमाखमा आउने एउटा मात्र सडक थियो । त्यो पनि १२ वर्षसम्म खोलामा थियो र जेठदेखि कात्तिक महिनासम्म बन्द हुन्थ्यो । सिंचाइ, खानेपानी योजनाहरू प्रयाप्त नभएको र भएका पनि भत्केका÷बिग्रेका र जीर्ण अवस्थामा रहेको, स्वास्थ्य चौकीहरूमा पनि न्यूनतम सेवा सुविधा थिएन । विद्यालयहरू धेरै खोलिएकोले राज्यको मापदण्ड अनुरूप प्रयाप्त मात्रामा दरबन्दी नहुनु र दक्ष जनशक्तिको अभावका कारणले शैक्षिक गुणस्तर खस्कदो र सिकाइ उपलब्धी न्यून थियो ।
७. नेपालमा २० वर्षपछि संवैधानिक अधिकार सहितको स्थानीय सरकार गठन भयो । ४ वर्षको अवधिमा विभिन्न जटिलता, चुनौती र समस्याका बीचबाट अगाडि बढ्नु हाम्रा लागि सुखद एवम् सकारात्मक चुनौती र अवसर दुवै थियो । यो ऐतिहासिक जिम्मेवारी, कर्तव्य र जनउत्तरदायित्व पनि हो । अवसर पटक पटक आउँदैन र यो अवसरलाई गहिरोसँग आत्मसात गर्दै कुमाखको सम्वृद्धिका लागि दीर्घकालिन सोच र दीगो विकासको लक्ष्य अनुरूप गाउँपालिका स्थापना भएपछिको प्रथम ऐतिहासिक गाउँसभादेखि वार्षिक नीति तथा कार्यक्रम पेश गरी व्यापक छलफल पछि पारित गर्दै आएका छौं ।
८. यस कुमाख गाउँपालिकाभित्रका विभिन्न क्षेत्रका आवश्यकता पहिचान र पालिका सडक, वडा र बस्ती सडक र कृषि सडकका रूपमा वर्गीकरण गरी पूर्वाधार विकासको तिव्रतासँगै पहिलो, दोस्रो, तेस्रो र चौथो गाउँ सभासम्म आउँदा आर्थिक वर्ष २०७४÷०७५ देखि २०७७÷०७८ सम्म १९४ वटा सडक आयोजनाहरू १६ करोड ४६ लाख ३ हजार रूपैंयाँ, १०५ वटा खानेपानी योजनाहरू ६ करोड ७० लाख १५ हजार रूपैंयाँ, १०२ वटा सिंचाइ योजनाहरू ५ करोड ८७ लाख रुपैंयाँ र ४२ वटा भवन निर्माण योजनाहरूमा १२ करोड १४ लाख रूपैंयाँको लागतमा निर्माण सम्पन्न भएका छन् ।
९.कुमाख गाउँपालिकाको सिमाना पर्ने छिमेकी जिल्ला रुकुम पश्चिम, चौरजहारी नगरपालिकाबाट करिब १० किलोमिटरदेखि गाउँपालिकाको आफ्नै लगानीमा २०७५ पुष १४ गते कुमाख गाउँपालिका कार्यालय, रागेचौरमा विद्युत् उद्घाटनको ऐतिहासिक कार्य सम्पन्न भयो । विद्युत् लाईन विस्तार गर्ने कार्यलाई तीव्रता दिन संघ, प्रदेश र स्थानीय तहबाट केन्द्रिय प्रशारण लाईनका लागि ८ करोड ६५ लाख ५० हजार बजेट बिनियोजन गरी विधुत लाईन जडान र विस्तार गरिएको छ कुमाख गाउँपालिकाको केन्द्र, रागेचौर, वडा नं। ४ को वडा कार्यालय र बस्तिहरु, कोत्री, बाहुनगाउँ, स्यानीपिप्ली र बस्नेतज्यूला, वडा नं। १ को गाउँबस्ती, टाट्के र स्वीकोट पाखा, वडा नं। ६ को वडा कार्यलय र वस्तिहरु, वडा नं। ५ को त्रिवेणी हुदै वडा कार्यलय, निगालखोला, बाल्ले, चिसापानी, वडा नं। ७ को वडा कार्यलय र बस्तिहरु, वडा नं। ३ को बाहुनचौर हुँदै वडा कार्यालयसम्म, वडा नं। २ को शान्ति बजार देखि वडा कार्यलय नेटा बजार सम्म विद्युत् लाईन विस्तार गर्ने कार्य सम्पन्न भएको छ र बाँकि बस्तिहरुमा विधुत लाईन विस्तार गर्नका लागि १९ करोड बजेटको आवश्यकता पर्दछ ।
१०. कुमाख गाउँपालिकाको समग्र शैक्षिक विकासका लागि सवै मा।वि र नि।मा।वि हरुमा प्रविधिमैत्री र प्रयोगात्मक बनाउन विद्यालयहरुमा विद्युत, बैकल्पिक ऊर्जा, कम्प्युटर, प्रिन्टर, फोटोकपि मेसिन, पुस्तकालय र विज्ञान प्रयोगशाला, आ।ई।सि।टी निर्माण, ध्ब्क्ज् सुविधासहितको शौचालय र विद्यालय भवन निर्माण गरिएको सिकाई उपलब्धीलाई अपग्रेड गर्न विद्यार्थि संख्याको आधारमा दरवन्दि मिलान स्वयम सेवक शिक्षक र अनुदानको व्यवस्था गरिएको छ भने १२ बालबिकास केन्द्रको दरवन्दि सिर्जना गरि कार्य सञ्चालन गरी एक वडा एक मा।वि को अवधारण अनुसार भौगोलिक विकटतालाई मध्यनजर गरेर ३ वटा मा।वि, १ वटा ं२ को अनुमति दिई कक्षा सञ्चालन गरिएको साथै जनता मा।वि रागेचौरमा बाल विज्ञान र बुद्ध जनकल्याण मा।वि मेलटाकुरामा ३ बर्षे प्राविधिक धार सञ्चालन गरिएको छ ।
११. शैक्षिक चेतना अभिवृद्धिको लागि विभिन्न अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ भने मापदण्ड विपरित जथाभावी खोलिएका विद्यालयका कारणले शिक्षामा गुणस्तरीयता नहुनु, भर्ना भएका विद्यार्थीहरूको निरन्तरता नहुनु, लक्षित वर्गका बालबालिकाहरू शिक्षाको सहज पहुँचबाट टाढा रहनु, प्रयाप्त मात्रामा शिक्षकको दरबन्दी नहुनु, विद्यालयको आर्थिक स्रोत नहुनु, दक्षजनशक्तिको अभाव, विषयगत शिक्षक र तालीमको व्यवस्था नहुनाले सामुदायिक शैक्षिक गुणस्तर न्यून र खस्किदो अवस्थामा रहेकोले अबको शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धि गरी प्रविधिमैत्री र रोजगारमूलक बनाउन आवश्यक देखिन्छ ।

१२. कुमाख गाउँपालिकालाई अन्नबालीबाट आत्मनिर्भर बनाउन उत्पादनमा वृद्धि गरी किसानहरूको आम्दानी बढाउन साना सिंचाइ कुलाहरू निर्माण, ‘एक घर एक करेसाबारी’, ‘एक घर एक टनेल’ को नीति लिई ५५७ टनेल र २५,६४० वटा विभिन्न फलफूलका विरुवाहरू वितरण गरिएको छ भने गाउँपालिकालाई दुध तथा मासुजन्य उपभोग्य वस्तुबाट आत्मनिर्भर बनाउन ८५७ वटा भैंसीलाई सुत्केरी भत्ता वितरण, ७२५ भकारो सुधार, ३८०० कुखुरा वितरण, ११ वटा बाख्रा–खोर सुधार, उन्नत जातका ४२ बोका र बाख्रा वितरण जस्ता कार्यक्रमलाई प्राथमिकता दिईएको । हालसम्म यस गाउँपालिकामा २ वटा फलफूल पकेट, २ वटा मौरीपालन, १ वटा बदाम पकेट, ३ वटा अदुवा–बेसार, २ वटा ताजा तरकारी पकेट र नमूना आर्गनिक कार्यक्रमहरू सञ्चालन भएको र तरकारी बाट आत्मनिर्भर बनाउन ताजा तरकारी, बेमौसमी तरकारी, च्याउ प्याकेट १५६९५ बिउ वितरण गरियो ।
१३. यस कुमाख गाउँपालिकामा हालसम्म गाउँपालिकाको प्रशासनिक भवन र १५ शैयाको अस्पताल भवन निर्माणाधीन अवस्थामा छ भने विद्यालय भवन, स्वास्थ्य तथा प्रसुती भवन, वडा कार्यालय भवन र सामुदायिक भवनहरू निर्माण सम्पन्न गरिएको छ ।
१४. गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र माध्यमिक विद्यालयहरूलाई सूचना तथा सञ्चार प्रविधिमैत्री बनाउन इन्टरनेट, लगायतका प्रविधिहरू सञ्चालनमा ल्याइएको छ । डिजिटल नागरिक बडापत्र, सार्वजनिक सुनुवाई, उपभोक्ताहरूलाई अभिमुखीकरण, जनतासँग स्थानीय सरकार कार्यक्रम योजना निर्माण र कार्यान्वयनमा जनताको सहभागिता लगायतका जनप्रिय कार्यक्रमहरूबाट सुशासन प्रवद्र्धनको काम गरिएको छ ।
१५. न्यायिक समिति र मेलमिलाप केन्द्रले दर्ता भएका ३१० वटा निबेदनहरु मेलमिलाप मार्फत निरुपन गरेकोे छ । यसले आम जनसमुदायमा कानुनी शासनको प्रत्याभूति दिलाएको छ ।
१६. जनताकोे आधारभुत स्वास्थ्य र सरसफाईलाई प्राथमिकता दिई यस गाउँपालिकामा १५ सैयाको अस्पताल, ४ वटा सामुदायिक स्वास्थ्य इकाई, ४ वटा बर्थिङ सेन्टरका भवन निर्माण, साथै चौविसै घण्टा एम्बुलेन्स सेवा सञ्चालन दिईएको, ४ वटा प्रस्तुती केन्द्रहरुमा अक्सिजनको व्यवस्था, ल्याब सेवा सञ्चालन र गाउँपालिकाका ७ वटै वडाहरूमा पूर्ण खोपयुक्त वडा घोषणा, पूर्ण खोप सुनिश्चितताको कार्यक्रम, पूर्ण संस्थागत सुत्केरीवडा घोषणा जस्ता महत्वपुर्ण कार्यक्रम गरिएता पनि अझै सबै स्वास्थ्य चौकीहरूमा आधारभूत स्वास्थ्य सुविधा सहितको सेवा सञ्चालन गर्न आवश्यक छ । आधारभुत स्वास्थ्य सेवा अन्तर्गत आयुर्वेदिक शाखा उद्घाटन गरी आयुर्वेदिक सेवा सञ्चालन गरिएको छ ।
१७. विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को रोकथाम र खाद्यान्नमा आत्मनिर्भरता, रोजगारीको सिर्जना र समग्र भौतिक पूर्वाधार विकास अहिलेको आवश्यकता हो भने मुख्य चुनौतीहरूको रूपमा रोग, भोक, शिक्षा र रोजगारी नै हो । यो सम्पूर्ण जनशक्तिलाई पूर्वाधार विकास, उत्पादन, रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्नु स्थानीय सरकारको प्रमुख जिम्मेवारी हो र हुनुपर्छ । उत्पादनयोग्य भूमि र आवश्यक जनशक्ति हुँदाहुँदै पनि परम्परागत टुक्रे उत्पादनका कारण गाउँपालिका भित्रको आम्दानी र उत्पादन अप्रयाप्त छ । त्यसैले व्यवसायिक खेती प्रणाली उत्पादन र आम्दानी बढाउन आवश्यक छ ।
१८. कोरोना भाइरस दोस्रो भेरियन्ट रोकथाम र उपचारका लागि कुमाख गाउँपालिकाले २१ वटा अक्सिजन सिलिण्डर, १० वटा बेड, ५ वटा अक्सिजन कन्सनटे«टर, २५ वटा अक्सिमिटर, र ३ वटा प्यास्यान्ट मनिटरको व्यवस्था गरी कोभिड आईसोलेसनमा ४७ जनालाई भर्न गरी उपचार पछि सन्चो भएर घर पठाइएको र बैशाख देखि असार सम्म कोभिडको ४१७ जनाको एन्टिजीन र १९८ जनाको पि।सि।आर परिक्षण गरिएको छ ।
४ बर्षका मुख्य उपलब्धीहरु
१. थारमारे वडागाउँ कुमाख गाउँपालिकाको कार्यलय रागेचौर हुदै चौरजहारी जोड्ने सडकमा सुरुकै आर्थिक बर्षमा १ करोड ४० लाख बजेटको व्यबस्था गरी बाह्रै महिना यातायात संचालन गरियो र स्थानिय सरकारको पहल र प्रदेश सरकारको आर्थिक सहयोगमा जिमाली खोलामा पक्की सडक पुल निर्माण गरी नियमित यातायात सुचारु गरिएको ।
२. विकासको मेरुदण्ड सडक भएको हुनाले १६ करोड ४६ लाख बजेट विनियोजन गरी गाउँपालिकाको रिङ्गरोड र गाउँपालिकाको कार्यलय देखि ७ वटै वडाको कार्यलयमा यातायात संचालन भएको र प्रत्येक टोल र बस्तीमा सडक विस्तार गरिएको ।
३. स्थानीय सरकारको पटक पटकको पहल, डेलिगेसन र अनुरोधमा थारमारे देखि चौरजहारी सडक र सल्ली कैनकाँडा चौरजहारी सडकलाई स्तरबृद्धि तथा कालोपत्रे गर्ने कामको शुरुवात गरिएको ।
४.घरवार विहिन सकुम्बासी, विपन्न र दलितहरु लाई आवास व्यवस्था गर्न १८० घर परिवारलाई टिनको छानाको व्यवस्था गरी पानी, हावा र घामबाट सुरक्षित बासको व्यवस्था गर्ने कामको शुरुवात गरिएको ।
५. कुमाख गाउँपालिका बाट खानेपानीमा ६ करोड २० लाख १५ हजार बजेट बिनियोजन गरी कालागाउँ नेटा, जिमालीको हिले तुतुरे, स्वीकोटको सानमुढा, पाउकोट नैनथाला, बडागाउँको मेलटाकुरा, जिमालीको चोरपानीे बजार, स्वीकोटको भितिवन र डाँडाकटेरीमा लिप्ट द्धारा शुद्ध खानेपानीको व्यवस्था गरियो । साथै बडागाउँ र स्वीकोट खानेपानीलाई व्यवस्थि गर्न डिपिआर गरी संघीय सरकार र प्रदेश सरकारबाट बहुबर्षिय योजनामा छनौट भई बजेटको विनियोजन गरी खानेपानीलाई व्यवस्थित गर्न निरन्तरता दिएको र कुमाखका सबै नागरिकलाई शुद्ध र व्यवस्थित खानेपानीका लागि श्रोत भएसम्म एकटोल एकधारा को व्यवस्था गरिएको ।
६. कुमाख गाउँपालिकाको कार्यलय भवन, १५ सैयाको अस्पताल, वडाकार्यलयहरुका भवन, सामुदायिक स्वास्थ्य इकाई, वर्थिङ सेन्टर, खोप किल्निक केन्द्रका भवनहरु निर्माणका लागि निशुल्क ७० रोपनी ११ आना २ दाम १ पैसा जग्गा प्राप्त गरिएको ।
७. जनताको आधारभुत स्वास्थ्य र सरसफाईलाई प्राथमिकता दिई यस गाउँपालिकामा १ जना डाक्टर, ल्याव, एचए, अनमिको व्यवस्था गरी १५ सैयको अस्पताल ४ वटा सामुदायिक स्वास्थ्य इकाई ४ वटा बर्थिङ सेन्टरका भवण निर्माण गरी नियमित सेवा संचालन भएको । साथै चौविसै घण्टा एम्बुलेन्स सेवा संचालन, ४ वटा प्रस्तुती केन्द्रहरुमा अक्सिजनको व्यवस्था गरिएको ।
८. वडा नं। ६ बडागाउँमा पुर्ण संस्थागत सुत्केरी वडा घोषना र ७ वटै वडामा पुर्ण खोपयुक्त वडा घोषना कार्यक्रम सम्पन्न गरिएको ।
९. विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९काभिड १९० रोकथामका लागि १९ वटा क्वरेन्टाईन संचालन गरी ९८० जनालाई व्यवस्थापन गरियो र कारोना भाईरसका कारणले दैनिक ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्ने अति विपन्न ४५५ घरधुरी परिवारलाई वडाको सिफारिसमा खाद्यान्न, ७० घरपरिवारलाई लत्ताकपडा र त्रिपाल, वितरण गरियो । साथै कोरोना भाईरस सम्वन्धि जनचेतनामुलक कार्यक्रम गरिएको ।
१०. कोरोना भाईरस दोस्रो भेरियन्ट रोकथाम र उपचारका लागि कुमाख गाउँपालिकाले २१ वटा अक्सिजन सिलिन्डर, १० वटा बेड, ५ वटा अक्सिजन कन्सनट्रेटर, २५ अक्सिमिटर र ३ वटा प्यास्यान्ट मनिटर व्यवस्था गरी कोभिड आईसोलेसनमा ४७ जनालाई भर्ना गरी उपचार पछी सन्चो भएर घर पठाईएको र बैशाख देखि असार सम्म कोभिडको एन्टिजीन ४१७ र पिसिआर १९८ जनाको परिक्षण गरिएको ।
११. आधारभुत स्वास्थ्य सेवा अन्तर्गत आयुर्वेदिक शाखा मिति २०७७ फाल्गुन २३ गते उद्घाटन गरी आयुर्वेदिक सेवा संचालन गरिएको ।
१२. दिगो विकास र समृद्धिको महत्वपुर्ण आधार शिक्षा भएकोले कुमाख गाउँपालिका भित्र रहेका मा।वि र नि।मा।वि विद्यालयहरुलाई गुणस्तरिय र प्रविधिमैत्री बनाउन पक्की भवन वास सहितका शौचालय, पुस्तकालय, आई।सि।टी निर्माण, विज्ञान प्रयोगशाला, वैकल्पिक उर्जा ९सोलार०, कम्प्युटर, फोटोकपि मेसिन, प्रिन्टर आदि उपलब्ध गराईएको ।
१३. सिकाई उपलब्धीलाई अपग्रेड गर्न विद्यार्थि संख्याको आधारमा दरबन्दि मिलान स्वयमसेवक शिक्षक र अनुदानको व्यवस्था गरिएको १२ वटा बालविकासकेन्द्रको दरबन्दि सिर्जना गरी कार्य संचालन गरिएको र १ वडा १ मा।वि को अवधारणा अनुसार भौगोलिक विकटतालाई मध्यनजर गरेर ३ वटा मा।वि र १ वटा ं२ को अनुमति दिई कक्षा संचालन गरिएको साथै जनता मा।वि रागेचौरमा बालीविज्ञान र बुद्ध जनकल्याण मा।वि मेलटाकुरामा ३ बर्षे ओभरसियर प्राविधिक धार संचालन गरिएको ।
१४. बिद्यार्थिहरुको हौसला बढाउन, पढाई प्रति आकर्षण गर्ने उदेश्यले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट प्रत्येक शैक्षिक सत्रमा एस।ई।ई ९कक्षा १०० परिक्षा पुरा गरी १ जना विद्यार्थिलाई डिप्लोमा तहको प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्ति प्रदान गरिएको छ भने सो परिक्षामा उत्कृष्ट १÷१ जना छात्र र छात्रालाई पुरस्कारको व्यवस्था गरिएको ।
१५. महिनावारी भएको समयमा छात्राहरुको नियमित पठनपाठनमा आउने अबरोधलाई न्युनीकरण गर्नको लागि हरेक मा।वि र नि।मा।वि बिद्यालयहरुकमा अध्ययनरत छात्राहरुको लागि सेनिटरी प्याडको व्यवस्था गरिएको ।
१६. कृषि योग्य भुमिमा भरपर्दो दिगो सिंचाई सेवा भएको, कृषि उत्पादनमा वृद्धि गरी खाद्यान्न आत्मनिर्भर बनाउने उदेश्यले गाउँपालिका, प्रदेश र संघीय सरकार बाट ७ करोड ४ लाख ५० हजार बजेट विनियोजन गरी परम्परागत सिंचाई कुलाहरुलाई आर।सि।सि ९सुधार० गरिएको ।
१७. कृषकहरुलाई भैसिपालनमा प्रेरित गर्नका लागि र मलमुत्रबाट कम्पोष्ट मल निर्माण गर्न ७२५ वटा भकारो सुधार गरिएको र तरकारी बाट आत्मनिर्भर बनाउन ताजा तरकारी, बेमौसमि तरकारी, च्याउ प्याकेट १५६९५ बिउ वितरण गरिएको ।
१८. कुमाख गाउँपालिकाको नगदे आम्दानीमा पर्ने फलफुलहरु स्याउ, आँप, सुन्तला, कागती, अमिला, जुनार, दाँते ओखर, टिमुरका बिरुवाहरु २५६४० बिरुवाहरु वितरण गरिएको छ भने अदुवा, बेसार पकेट, फलफुल पकेट, मौरी पकेट, धान जोन, तरकारी पकेट, बदाम पकेट बनाई अनुदानको व्यवस्था गरेको, बेमौसमी तरकारी उत्पादनका लागि एक घर एक टनेल कार्यक्रम अन्तर्गत ५५७ वटा टनेल वितरण गरिएको ।
१९. व्यवसायिक तरकारी गरी जिवन निर्वाह गर्ने कृषकहरु ५५ जनालाई प्रोत्साहन अनुदानको व्यवस्था गरिएको र गाउँपालिका प्रमुख उत्कृष्ट कार्यक्रम अन्तर्गत उत्कृष्ट कृषकलाई छनौट गरी अनुदान सहित सम्मान गरिएको ।
२०। सिप सिकौ आत्मनिर्भर बनौ भन्ने उदेश्यले वेरोजगार युवाहरु, विपन्न वर्ग, महिला, दलितहरुलाई सिपमुलक आयआर्जन वाट आत्मनिर्भर हुना विभिन्न तालिमहरु सिलाईकटाई, मुढाबुन्ने, होजेरी प्लम्बिङ, घर वाईरिङ, कुक, उद्यम बन्ने खालका तालिमहरुको व्यवस्था गरी आत्मनिर्भर बन्ने तर्फ प्रेरित गरिएको ।
२१. श्रमको सम्मान राष्ट्रको अभियानको मर्म अनुसार गरिव विपन्न नागरिकलाई आफनै ठाउँमा रोजगारी प्रदान गरी उनीहरुको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्नमा ्््््््््््््प्रधानमन्त्री, मुख्यमन्त्री र युवा रोजगार कार्यक्रमले महत्वपुुुुर्ण भुमिका निर्वाह गरेको यसका लागि कुमाख गाउँपालिकामा बिनियोजन भएको रकम ८ करोड ३० लाख २३ हजार १०० बजेट कुमाखका बेरोजगारहरु २६५९ जनालाई रोजगारी सिर्जना गरिएको ।
२२. श्रम गर्नका लागि नेपाल तथा भारतका विभिन्न ठाउँमा जाने अवस्थाको अन्त्य गरी स्थानीय तहमानै रोजगारी गर्न र घरको कामलाई समेत व्यवस्थित गर्न सहयोग गरेको । साथै सार्वजनिक पूर्वाधार निर्माणमा आम नागरिहरुको सहभागिता बृद्धि गराई विकास निर्माणमा अपनत्व प्रदान गरी पर्यावरनीय पक्षलाई दिगो विकासमा टेवा पु¥याएको ।
२३. उज्यालो कुमाख बनाउने अभियानमा संघ, प्रदेश र स्थानीय तहबाट केन्द्रिय प्रसारण लाईनका लागि ८ करोड ५९ लाख ५० हजार बजेट बिनियोजन गरी २०७५ साल पौष १४ गते चौरजहारी देखि कालागाउँ हुदै रागेचौर गाउँपालिकाको कार्यलय सम्म बिधुत जडान गरी उद्घाटन गरिएको । साथै थारमारे देखि ६ नं। वडा कार्यलय बडागाउँ, चोरपानी देखि ७ नं। वडा कार्यलय जिमाली वस्तिमा, चौरजहारी देखि ४ नं। वडा कार्यलय र कोत्री, बस्नेज्युला, घाटाचौर, स्यानीपिप्ली लगायतका बस्तिहरुमा, रागेचौर देखि ५ नं। वडा कार्यलय र निगालखोला, बाल्या, चिसापानी, चिउराटाकुराका बस्तिहरु, वडा नं। १ को टाट्के र शान्ति बजार हुदै मिलन चोक सम्म, त्रिवेणी देखि ३ नं। वडा कार्यलय सम्म, शान्ति बजार देखि २ नं। वडा कार्यलय स्वीकोट नेटा बजार सम्म विधुत लाईन विस्तार गरिएको ।
२४. कुमाख गाउँपालिकाको कार्यलय भवन निर्माण, १५ सैयाको अस्पताल, विधुत जडान, बडागाउँ स्वीकोटमा खानेपानी र कोत्री, थदरा, टाट्केमा लिप्ट सिंचाईको डिपिआर भई बजेटको व्यवस्था गरी काम संचालन भईरहेको ।
२५. जनयुद्ध र जनआन्दोलनमा शहिद, बेपत्ता योद्धा प्रति उच्च सम्मान र स्थापित गर्न शहिद गेट, पार्क, स्तम्भ निर्माण गरियो र संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना गर्ने महान शहिदहरुको परिवारजनहरुलाई सरकारको अनुभुति दिलाउने उदेश्यले प्रत्येक बर्ष सम्मान र अभिनन्दन गर्ने कामको सुरुवात गरिएको ।
२६. कुमाख गाउँपालिकालाई दुध, दहि र मासु जन्य पदार्थ बाट आत्मनिर्भर बनाउन बाख्राको खोर सुधार, भैसिलाई सुत्केरी भत्ता, कुखुराको खोर सुधार, उन्नत जातको बोका वितरण र ३ वा ३ भन्दा बढी माउ भैसि पाल्ने कृषकहरुलाई प्रोत्सहान स्वरुप अनुदानको व्यवस्था गरिएको ।
२७. कुमाख गाउँपालिकामा पशु व्यवसायलाई प्रबद्धन गर्न भैसि पकेट फर्म, बाख्रा पकेट फर्महरुलाई हौसला बढाउनका लागि उत्कृष्ट पुरस्कार सहित सम्मानको व्यवस्था गरिएको ।
२८.गाउँपालिकाका ऐतिहासिक क्षेत्रहरुलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न कुमाखमा पैदल मार्ग र प्रतिक्षालय, सिद्ध मन्दिरमा पैदल मार्ग र घेरबार, चमेरो गुफा व्यवस्थित लगायतका धार्मिक तथा पर्यटन क्षेत्रहरुलाई व्यवस्थित गर्ने कार्य गरिएको ।
२९. लैङगिक समानता र सामाजिक समाबेसिकरणलाई जातीय छुवाछुत, भेदभाव, बाल विवाह, बहु विवाह, महिला हिंसा सम्बन्धि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरियो साथै महिला, दलित, ज्येष्ठ नागरिक र जनजातीलाई शुद्ध पानी पिउनका लागि फिल्टर र सुधारिएको फलामको चुलो वितरण गरियो ।
३०. युवाहरुलाई खेलजगतमा आकर्षण गर्न गाउँपालिका र वडापालिकास्तरको खेलकुदको विकासका लागि खेलकुद मैदान निर्माण तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता, वडास्तरहरुका खेलकुद सम्पन्न गरिएको ।
३१. मर्मज्युला तटबन्धन, शान्ति बजार, बुरेली खोला, स्वीकोट नेटा बजार र त्वालध्वारी पहिरो नियन्त्रणका लागि प्रदेश र संघीय सरकारबाट २ करोड बजेट विनियोजन गरी रोकथाम गर्ने कार्य सम्पन्न गरिएको ।
३२.गाउँपालिकामा हुने भ्रष्ट्रचारलाई न्युनिकरण गर्दै गईएको छ भने जनगुनासो सुन्नको लागि गाउँपालिका कार्यलयमा सुझाब पेटीकाको व्यवस्था गरिएको ।
३३. कुमाख गाउँपालिका कार्यलय र ७ वटै वडा कार्यलयहरुमा व्यक्तिगत घटना दर्ता अनलाईन मार्फत छिटो छरितो सेवा सञ्चालन गरिएको, व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षाको पहँुचबाट बञ्चित भएका सेवाग्राहिहरुलाई घटना दर्ता सिबिरको माध्याम बाट सेवा सुविधा उपलब्ध गराइएको र ७ वटै वडामा रहेका हस्त लिखित पुराना व्यक्तिगत घटना दर्ता किताबहरुलाई अनलाईन डिजीटाईजेसन कार्यक्रम मार्फत दर्ता गरियो र सामाजिक सुरक्षा भत्ता वितरण बैङ्किङ मार्फत भुक्तानी दिने कार्य सचारु ग्रिएको ।
३४. स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ४७ को ९१० र ९२० बमोजिम दर्ता भएका ३१० वटा निबेदनहरुलाई मेलमिलापको माध्याम द्धारा न्यायिक समिति र मेलमिलाप केन्द्रले निरुपन गरिएको ।
३५. स्थानीय सरकार सञ्चालन भए देखि हाल सम्म क देखि घ वर्गका २१० जना अपाङगता व्यक्तिहरुलाइ कार्यलयले, सिविर सञ्चालन तथा घर दैलो कार्यक्रम मार्फत परिचय पत्र वितरण गरिएको साथै १६२७ जना ज्येष्ठ नागरिकहरुलाई ज्येष्ठ नागरिक परिचय पत्र बितरण गरिएको ।
३६. लैङ्गिक हिंसा निवारण कोषको स्थापना गरी उद्घार तथा राहत समिति गठन गरिएको
३७. छोरी सुरक्षा कार्यक्रम अन्तर्गत २१७ जना छोरीको खाता खोली रकम जम्मा गरिएको ।
३८. महिला सशक्तिकरण तथा नेतृत्व क्षमता अभिबृद्धको लागि विभिन्न अभिमुखिकरण तालिम तथा सिपमुलक कार्यक्रम सञ्चालन गरिएको ।
३९. अनाथ र असहाय बालबालिकाहरुलाई शैक्षिक सामाग्रिहरु वितरण गरिएको ।
४०. कार्यक्रम कार्यन्वयन प्रक्रियालाई व्यवस्थित बनाउन हालसम्म २८ वटा ऐन, नियमावलि, कार्यविधि, आचारसंहिता र मापदण्ड बनाई लागु गरिएको ।
४१. विभिन्न समय आईपर्ने प्राकृतिक विपदको तयारी स्वरुप, गाउँपालिकामा डोजर, एम्वुलेन्स तयारी अवस्थामा राखिएको र विपदमा परेका ११९ जना व्यक्तिहरुलाई क्षति अनुसारको राहत रकम उपलब्ध गराईएको ।
४२. मेडिकल अधिकृत, एच।ए, ल्याव, रोजगार संयोजक, सुचना प्रविधि अप्रेटर, प्राविधिक, अ।न।मि।, सि।एम।ए, सवारी चालक, स्वयम सेवक, शिक्षक, लघु उद्यम विकास सहजकर्ता, कृषि र पशु, बालविकास, सामाजिक परिचालक, पोषण सहजकर्ता, स्थानीय पञ्जिकाधिकारी, फिल्ड सहायक, कार्यलय सहयोगि, कार्यलय सहायक, उजुरी प्रशासक र पिटौली लगायत ११९ जनालाई करार सेवा मार्फत परिचालन गरिएको ।
मुलभुत समस्याहरु
१. पहिलो पटक नेपालमा संघीय लोकतान्त्रीक गणतन्त्र आफै नयाँ अभ्यास हो । यसलाई कार्यन्वयन वा स्थापित गर्न शुरुमा सरकार सञ्चालन र कार्यन्वयनमा केहि अनुभवको कमि भएता पनि निर्वाचनको पहिलो बर्ष हामीले सिकाइको बर्षका रुपमा लिएका छौं ।
२. कुमाख गाउँपालिकामा समग्र विकास निर्माणको लागि सडक पुर्वाधार, खानेपानी, सिंचाई, कृषि, पशु, विधुत, पर्यटनका लागि कुमाख गाउँपालिका स्थानीय गुरुयोजना र आवधिक योजना अहिले सम्म बन्न नसक्नु ।
३. गाउँपालिका स्थानीय भिडियो डकुमेन्ट्री तथा प्रोफाईल बनाए तापनि त्यसलाई पुर्णता दिना नसक्नु ।
४. गाउँपालिकामा कर्मचारीहरु र जनशक्तिको अभावका कारण कार्यसम्पादन सोचे जस्तो उपलब्धी हासिल गर्न नसक्नु र नागरिकहरुलाई छिटो छरितो सेवा दिनेमा ढिलाई, भनेको समयमा काम नहुने हुँदा गाउँपालिकाको सामान्यतया टिप्पनी गरेको देखिन्छ ।
५. कुमाख गाउँपालिकाले गरेको समग्र विकास निर्माणले नागरिकहरुलाई सुविधा भएता पनि जनताको जिवनमा आम्दानीको हिसावले सोचे जस्तो परिवर्तन गर्न नसक्नु ।
६. बिकास निर्माणका कामहरु सरकारको बजेट विनियोजन धरै गरे पनि दिगो विकास गर्नेमा कतिपय स्थानहरुमा समस्या देखियो ।
७. सिप सिकौ रोजगारी भई आत्मनिर्भर बनौं भन्ने उदेश्यले विभिन्न सिपमुलक आयआर्जन कार्यक्रमहरु सञ्चालन गरियो तर नागरिकहरुलाई व्यवसायी, उद्यमी, हुनेमा समस्या देखियो ।
८. कृषि पशु विकास शाखा मार्फत कृषकहरुलाई खाद्यान्न तरकारी फलफुल, अदुवा, बेसार, कागती, सुन्तला फर्म पकेट, भैसिको भकारो सुधार, भैसि सुत्केरी भत्ता, बाख्रा र कुखुराको सुधारिएको खोर, मौरी पकेट आदि क्षेत्रलाई नागरिकको जिवन परिवर्तन गर्ने सोचका साथ विभिन्न तालिम औजार, उपकरण, सामाग्री अनुदान र पुरस्कार सम्मान गरेर कृषि फर्म प्रति हौसला बढाउन निरन्तर व्यवसायिमा टिकाइ राख्न जस्ता कार्यक्रम गरिएता पनि त्यसलाई व्यवसायिकरण र निरन्तरता दिन नसक्नु ।
९.बेरोजगार, विपन्न, दलित र महिलाहरुलाई प्रधानमन्त्री, मुख्यमन्त्री र युवा रोजगार कार्यक्रमबाट १०० दिनको मात्रै रोजगारीको व्यवस्था गरेता पनि त्यस्ता नागरिकहरुलाई बार्षिक रुपमा रोजगारीको सिर्जना गर्न नसक्नु ।
१०. अपुग दरबन्दी र पाठ्यक्रम परिबर्तन भएकोले शिक्षकहरुलाई तालिम र विना अध्यापन गर्नु पर्ने भएकोले शिक्षण सिकाई उपलब्धी विगतका बर्षहरुभन्दा केहि मात्रामा बृद्धि भएता पनि सोचे जस्तो सिकाई उपलब्धी हासिल गर्न नसक्नु ।
११. पुराना ५ वटा स्वास्थ्य चौकी र नयाँ ४ वटा सामुदायिक स्वास्थ्य इकाई र गाउँपालिका स्तरिय अस्पतालबाट जनतालाई स्वास्थ्य क्षेत्रबाट सेवा प्रवाह गरेता पनि त्यसलाई अझै दक्ष, तालिम, प्राप्त जनशक्ति र स्वास्थ्य सामाग्रीहरु, भौतिक पुर्वाधारलाई व्यवस्थित गर्न नसक्नु ।
१२. विधुत केन्द्रिय प्रसारण लाईनलाई प्रत्येक वडाका बस्तीहरुमा पुर्याउने उदेश्य हुँदाहुदै पनि साधन, श्रोत र सिमित मात्रामा हुने बजेटका कारण पुग्न नसक्नु ।

अन्त्यमा, विगत चार आर्थिक वर्षमा कुमाख गाउँपालिकाभित्र विभिन्न समिति मार्फत विकास निर्माणमा तीव्र गति बढे तापनि कार्यसम्पादनमा, दक्ष जनशक्तिको अभावका कारणले अपेक्षा गरे जस्तो उपलब्धी हासिल गर्न सकिएको छैन ।
आर्थिक विकास
क. कृषि
१. कृषि नै अर्थतन्त्रको मूल आधार भएकोले कृषि क्षेत्रमा उत्पादनलाई वृद्धि गरी खाद्यान्न तथा पोषण सुरक्षा सुनिश्चित गर्न कृषि गुरु योजना तयार गरी त्यसको आधारमा आधुनिक कृषि प्रणालीको विकास गरिने छ । साथै, बाँझो जमिनको उपयोग गरी कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउने नीति लिइने छ ।
२. कृषिलाई जीवन पद्धतिको रूपमा स्थापित गर्न, कुषि शिक्षालाई विद्यालय स्तरदेखि नै समाहित गरी कृषि पेसालाई आकर्षित गराउने कार्यक्रम बनाइने छ र स्थानीय स्तरमा कृषकहरूलाई उत्पादन सामग्री र प्राविधिक सेवा आपूर्ति गरिने छ ।
३. कृषि क्षेत्रहरूमा सम्भाव्यता र आवश्यकताको आधारमा निजी तथा सहकारीहरूसँगको सहकार्यमा उत्पादनलाई सुधार तथा विस्तार गर्दै एकीकृत कृषि खेती, सामूहिक तथा सहकारी खेती प्रणालीलाई जोड दिदै कृषिजन्य वस्तुको उत्पादन र उत्पादित वस्तुको निर्यात लाई व्यवस्थीत गरिने छ ।
४. कुमाख गाउँपालिकामा पशुजन्य उत्पादन वृद्धि गर्न पशुपंक्षी पालन व्यवसायलाई प्रोत्साहन गर्न उन्नत जातको पशुपंक्षी पालन कार्यक्रम सञ्चालन गरी दुध, दही, मासु र अण्डामा आत्मानिर्भर गाउँपालिका बनाउने नीति लिइने छ ।
५. मौरीपालन, अदुवा बेसार, टिमुर, बदाम र तरकारी तथा फलफूल व्यवसायको पकेट क्षेत्रलाई विकास र विस्तार गर्दै भूगोल छनौटको आधारमा व्यवसाय विस्तार गरिने छ ।
६.प्राङ्गारिक मलको उत्पादन र प्रयोग प्रवद्र्धन गर्दै जैविक खेती प्रणालीलाई प्रोत्साहन गरिने छ । साथै प्राङ्गारिक झोल मल र भकारो सुधार कार्यक्रममा विशेष जोड दिइने छ ।
७. रैथाने खाद्यबालीलाई संरक्षण तथा प्रवद्र्धन गर्न किसानहरूलाई प्रोत्साहन र अनुदानको व्यवस्था गरिने छ ।
 उद्योग तथा वाणिज्य
१. उद्योग र व्यवसायबाट आय वृद्धि गर्न स्थानीय रोजगार सृजना गर्ने उद्योगलाई प्रोत्साहन प्रदान गर्ने नीति लिइने छ ।

ग. पर्यटन
१. पर्यटनलाई आय आर्जनको माध्यम बनाउन कुमाख पहाड, शिद्ध मन्दिर गुफा, भुमेश्वर गुफा, भेरी नदीमा र्याफ्टिङको विकास र प्रवद्र्धन गर्ने नीति लिइने छ ।
घ. सहकारी
१. कृषि सहकारी, सहकारी, कृषि समूह र साना किसान समूह तथा व्यवसायक कृषकलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम सञ्चालन गरिने छ ।
सामाजिक विकास
क. शिक्षा तथा खेलकुद
१। दिगो विकास, शान्ति र समृद्धिको माध्यम र विकासको महत्वपूर्ण आधार शिक्षा हो । त्यसैले सामाजिक आर्थिक रूपान्तरणका लागि मानव संसाधनको विकास गर्न शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी, रोजगारमूलक र प्रविधिमैत्री बनाइने छ ।
२। ‘एक विद्यालय, एक बाल विकास केन्द्र’ को अवधारणालाई प्रभावकारी बनाउन बाल विकास कक्षामा मापदण्ड बनाई बसाइँ व्यवस्थापन र सरसफाइलाई ध्यान दिंदै खेल सामग्री, सिकाइ सामग्री, मनोरञ्जनका उपयुक्त सामग्री र बालमैत्री कक्षा कोठाको व्यवस्थापन गरिने छ ।
३. विद्यालय बाहिर सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने अभियानलाई स्थानीय सरकार, राजनीतिक दल, समाजसेवी, शिक्षाप्रेमी, वुद्धजिवि, सरकारी तथा गैर सरकारी संस्थाको सहकार्यमा सबै बालबालिकालाई विद्यालयमा भर्ना गरी गाउँपालिका क्षेत्रभित्र विद्यालय बाहिर कुनै पनि बालबालिका नभएको घोषणा गर्ने कार्यक्रम सञ्चालन गरिने छ ।
४. कक्षा छाड्ने समस्या समाधान गर्न र विद्यालयमा विद्यार्थी टिकाइ राख्नका लागि आधारभूत तहका बालकालिकालाई दिवा खाजा, अपाङ्गता भएका बालबालिका एवम् बिपन्न, सहाराविहीन, सहिदका सन्तान र अपाङ्ग भएका १८ वर्षमुनिका विद्यार्थी ९सन्तान० हरूलाई छात्रवृत्ति उपलब्ध गराइने छ ।
५. शिक्षालाई गुणस्तर बनाउन विद्यार्थी सङ्ख्याको अनुपातको आधारमा गाउँपालिकामा अपुग शिक्षक दरबन्दी व्यवस्था गर्न संघीय र प्रदेश सरकारबाट सबै विद्यालयमा न्यूनतम शिक्षक दरबन्दी सुनिश्चित नहुँदा सम्म सिकाइ उपलब्धीलाई बृद्धि गर्नका लागि स्वयम् सेवक शिक्षक र अनुदानको व्यवस्थापन गरिने छ ।
६. बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, लेखासम्बन्धी काम गर्ने शिक्षक र विद्यालय कर्मचारीको लागि तालीम तथा क्ष्भ्ःक्ष्क् सम्बन्धी तालीम सञ्चालन गरिने छ ।
७। गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट प्रत्येक शैक्षिक सत्रमा एस्।ई।ई। ९कक्षा १०० परीक्षा पूरा गरी १ जना विद्यार्थीलाई डिप्लोमा तहको प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्ति प्रदान गरिने छ । साथै सो परीक्षामा सर्वोत्कृष्ट १÷१ जना छात्र र छात्रालाई पुरस्कारको व्यवस्था गरिने छ ।
८. शैक्षिक गुणस्तर वृद्धिका लागि कार्य सम्पादनको नियमित अनुगमन, निरीक्षण र मूल्याङ्कन गरी सोका आधारमा उत्कृष्ट विद्यालय, प्रधानाध्यापक, शिक्षक र विद्यार्थी छनौट गरी प्रोत्साहन र सजायको व्यवस्था गर्ने, शैक्षिक अवलोकन भ्रमण र शिक्षक तालीमको व्यवस्था गरिने छ ।
९. सामुदायिक विद्यालयहरूका विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने छ । बालबालिकाहरूका लागि बाल उद्यानको व्यवस्था गरिने छ । साथै, गाउँपालिकाभित्रको शैक्षिक गतिविधिहरू समेटेर शैक्षिक प्रोफाइल तयार पारिने छ ।
१०. विद्यालय र विद्यार्थीको गुणस्तर वृद्धि र विद्यालयको विकासका लागि समुदायको जिम्मेवारी र भूमिका बढाउनको लागि अभिभावक शिक्षा र शैक्षिक अन्तक्र्रिया सञ्चालन तथा विद्यार्थी, शिक्षक र अभिभावकको लागि मनोपरामर्श कार्यक्रम सञ्चालन गरिने छ ।
११. गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा कार्यरत विद्यालय कर्मचारीहरू र बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरूको कार्य सम्पादनलाई प्रभावकारी बनाउन आवश्यक अनुदानको व्यवस्था गरिने छ ।
१२. महिनावारी भएको समयमा छात्राहरूको नियमित पठनपाठन आउने अबरोधलाई न्यूनीकरण गर्नको लागि हरेक मा।वि र नि।मा।वि विद्यालयहरुमा अध्ययनरत छात्राहरुको लागि सेनिटरी प्याडको व्यवस्था गरिने छ ।
१३. शिक्षकहरुको पेशागत अभिबृद्धको लागि विभिन्न तहगत र विधागतरुपमा तालिमको व्यवस्था गरिने छ ।
१४. कुमाख गाउँपालिकामा क्याम्पस स्थापनाको लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ । एक मा।वि र एक प्रा।वि विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न आधार तयार गरिनेछ ।
१५. प्रत्येक मा।बि तह सञ्चालित विद्यालयहरुमा लेखा÷कम्प्युटर अपरेटरको ब्यवस्था गरिनेछ ।
१६. बालबालिकाहरुलाई पढाईका साथै सर्वाङगिन विकासको लागि तहगत र विधागतरुपमा विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिनेछ ।
१७. माध्यामिक तह सञ्चालित विद्यालयहरुमा कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको व्यवस्था गरिने छ ।
१८. कार्य क्षमता र करारका सम्झौताको आधारमा विद्यालयमा प्र।अ को व्यवस्था गरिने छ । विद्यालय बिकास प्रस्तावना पुरा भए नभएको माथिल्लो निकाय बाट अनुगमन तथा मूल्याङ्कन गरिने छ ।
१९. ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारालाई आत्मासात गर्दै समग्र खेलकुद विकासमा विशेष जोड दिदै गाउँपालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गरिने छ र प्रतिभावान् खेलाडीको क्षमता पहिचान तथा प्रोत्साहन गर्ने नीति लिइने छ ।
२०. प्रत्येक वडा र गाउँपालिका स्तरमा खेल मैदान निर्माण गरी त्यसको स्तर वृद्धि गरिने छ ।
ख. स्वास्थ्य
१. कोरोना भाइरस ९कोभिड–१९० रोकथाम र नियन्त्रण गरी संक्रमण हुनबाट जोगिन जनस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालनका साथै घरेलु उपचार विधिबाट रोग प्रतिरोधी क्षमता बढाउने कार्यलाई प्राथमिकतामा राख्दै मानवीय संवेदनशीलतालाई उच्च महत्वका साथ स्वास्थ्य जाँचका लागि सम्पूर्ण स्वास्थ्यकर्मीलाई परिचालन गरिने छ । र, यसलाई व्यवस्थित गर्न आावश्यक औषधी एवम् औषधीजन्य सामग्रीको आपूर्ति र उपलब्धता सुनिश्चित गरी विषम परिस्थितिबाट कुमााखका सम्पूर्ण नागरिकहरूलाई सुरक्षित राखिने छ ।
२. ‘शान्ति र समृद्धि कुमाखबासीको आवश्यकता, पूर्ण सरसफाइयुक्त गाउँपालिका हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ सन् २०२१ सम्म पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्न सरसफाइसम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने छ ।
३. प्रत्येक वडामा दक्ष जनशक्तिसहितको स्वास्थ्य चौकीका साथै २४ घण्टा प्रसुती सेवाको व्यवस्था गरिने छ । स्वास्थ्य स्वयम् सेविकाहरूलाई तालीमको व्यवस्था गरिने छ ।
४. गाउँपालिकाभित्रका सबै गर्भवती महिलाहरूलाई नियमित गर्भ जाँच तथा स्वास्थ्य संस्थामा नै प्रसुती सेवा लिनको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र घरमै प्रसुती हुने कार्य पूर्ण रूपमा निर्मूल गर्ने तथा स्वास्थ्य संस्थामा नै प्रसुती हुने कार्यलाई प्रोत्साहन गरिने छ । र, कुमाख गाउँपालिकाभित्र गर्भवती महिला, क वर्गका अपाङ्गहरुलाई निशुल्क एम्वुलेन्स सेवा उपलब्ध गराईने छ ।
५. ‘महिलाहरूको आङ् खस्ने, पाठ्यघर क्यान्सर लगायत आवश्यक विशेषज्ञ सेवा शिविर सञ्चालन गरिने छ ।
६. कोाभिड १९ दोस्रो भेरियन्टलाई नियन्त्रण तथा रोकथामका लागि समुदायमा जनचेतनामुल कार्यक्रम संग संगै कोभिड १९ का विरामीहरुलाई उपचारका लागि संस्थागत आइसोलेसन अस्पताल भवन पूर्वाधार निर्माण गर्ने र आईसोलेसन अस्पतालका लागि औजार उपकरण तथा स्वास्थ्य सामाग्रीहरुको व्यवस्थापन गरी सेवा प्रदान गरिने छ ।
७. गाउँपालिकाको १५ सैया अस्पतालबाट दिईने सेवाहरु विस्तार गर्न छोटो समयमा नै निर्माण हुने भवनहरुको निर्माण गरी अस्पतालबाट अल्ट्रासाउण्ड ९भिडियो एक्स रे० सेवा, एक्स—रे सेवा, ई।सि।जी सेवा तथा अस्पताल फार्मेसी सेवा विस्तार गरिने छ र प्रभावकारी स्वास्थ्य प्रयोगशालाबाट विभिन्न ल्याव परिक्षण गरिने छ ।
८. गर्भवति महिलाहरुको आमा तथा शिशुको गर्भ जटिलताहरु समयमा पत्ता लगाउन प्रोटोकल अनुुुसार गर्भजाँचमा जोड तथा घुम्ति अल्ट्रासाउण्ड ९भिडियो एक्स रे० जस्ता सेवा दिईने छ ।
९. गर्भवति महिलाहरुलाई औलो संक्रमणबाट बचाउन प्रत्येक गर्भवति महिलाहरुलाई झुल व्यवस्था तथा औलो लगायत अन्य किटजन्य रोगहरु सम्बन्धि जनचेतना दिने ।
१०. पाँच बर्ष मुनिका बालबालिका, किशोरी तथा गर्भवती महिलाहरुलाई हुने न्युन पोषण अवस्थालाई सुधार गर्न पोषण सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्ने ।
११। महिलाहरुका प्रजनन स्वास्थ्य सम्वन्धि समस्याहरु तथा बाल बालिकाहरुका समस्याहरुलाई समुदाय स्तरमा विभिन्न घुम्ती सिविर एवम स्वास्थ्य क्याम्पहरु सञ्चालन गरि विशेषज्ञहरुवाट समस्या पहिचान गरि उपचार गरिने छ ।
१२. महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई कार्यक्रमहरु प्रति सक्रिय बनाउनका लागि विभिन्न तालिम, प्रोत्साहन तथा भ्रमण कार्यहरु गराउने ।
१३. क्षयरोग मुक्त समाज निर्माणका लागि स्थानीय व्यक्तिहरुको सहभागितामा स्वास्थ्य संस्थाबाट टाढा रहेका वस्तिहरुमा क्षयरोग नमुना खकार सलाइडहरु संकलन गरिने छ ।
१४. सर्ने तथा नसर्ने रोगहरुबाट बच्नका लागि जनचेतनामुलक कार्यक्रम संगै नसर्ने रोगहरु जस्तै ः क्यान्सर, मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरु नियन्त्रणका लागि स्वास्थ्य शिक्षा मार्फत रोग रोकथाम गर्ने जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने छ ।
१५. आधारभुत स्वास्थ्य सेवा अन्तर्गत आयुर्वेदिक तथा वैकल्पिक स्वास्थ्य सेवाहरुलाई प्रबद्र्धन गरिने छ ।

ग. खानेपानी तथा सरसफाइ
१. ‘एक टोल एक धारा’ भन्ने नीतिका आधारमा स्वस्थ्य खानेपानी मानिस स्वास्थ्य जीवनसँग जोडिएको हुँदा प्राथमिकताको आधारमा सम्पूर्ण वडा र बस्तीहरूमा स्वस्थ खानेपानीको व्यवस्था गरिने छ । साथै सबै बस्तीहरूमा खानेपानी पहुँच व्यवस्थापन गर्न विभिन्न खानेपानी आयोजनाहरू सम्पन्न भएपछि उपभोक्ताहरूलाई नै हस्तान्तरण गरी खानेपानी आयोजना संरक्षण तथा व्यवस्थापनको जिम्मा दिइने छ ।
२. खानेपानीका स्रोतहरू पहिचान गरी सम्भव भएसम्म लिप्ट, ह्याण्ड पम्प र पाईपलाईन प्रणाली द्धारा सबै टोल बस्तीहरूमा खानेपानी आयोजना सञ्चालन गरिने छ ।
३. खानेपानी उपभोगका लागि सबै घरपरिवारमा फिल्टरको प्रयोग गर्ने कार्यलाई प्रोत्साहन गर्दै स्वच्छ र शुद्ध खानेपानी संरक्षणमा जोड दिइने छ ।
४. प्रत्येक घरबाट निस्कने फोहोर व्यवस्थापन गर्ने कार्यलाई प्रोत्साहन गर्ने, पलाष्टिक झोला प्रयोगलाई निरुत्साहित गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै पलाष्टिकमुक्त गाउँपालिका घोषणा गर्ने नीति लिइने छ ।
घ. संस्कृति
१. गाउँपालिकाभित्रका कला, संस्कृति र साहित्य मानव जीवन जगतसँग जोडिएको हुनाले रैथाने लोपोन्मुख लोक कला संस्कृतिहरू पञ्चेबाजा, सोरठी, सिङ्गारु, बनगाडी टप्पा, मयुर, पैंसेरी÷लहरे नाँचहरू, ठाडी भाका, झारी लगायतका गीतहरू० को संरक्षण र प्रवद्र्धन गर्ने कार्यक्रमहरू सञ्चालन गरिने छ ।
ङ .लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण
१. गाउँपालिकाभित्रका विभिन्न सामाजिक समस्या र विकृतिहरू ९जस्तै ः जातीय छुवाछुत र विभेद, बाल विवाह, बहु विवाह, महिला हिंसा, मद्यपान, धुम्रपान ० मुक्त गाउँपालिका बनाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ ।
२. गाउँपालिकाका दलितहरूको घना बस्तीलाई मध्यनजर गर्दै योजनावद्ध दलित बस्ती विकास कार्यक्रम सञ्चालन गरिने छ । दलितहरुको परम्परागत पेशालाई आधुनिकीरण र व्यवसायीकरण गर्दै जातीय छुवाछुत तथा भेदभाव मुक्त बस्ति, टोल, वडा र गाउँपालिका घोषणा गर्ने अभियानमा सबेैलाई समाहित गर्दै जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने छ ।
३. ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई कार्यलयले शिविर सञ्चालन तथा घरदैलो कार्यक्रम मार्फत परिचय पत्र वितरण गर्ने नीति लिईने छ ।
४. कुमाख गाउँपालिकामा जन्मने सबै छोरीहरुलाई आत्मनिर्भर र सुरक्षाका लागि छोरी सुरक्षा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ ।
५. जनयुद्ध र जन आन्दोलनका क्रममा बलिदान गर्ने शहिद परिवारहरू, बेपत्ता योद्धा परिवारहरू र घाइते अपाङ्ग योद्धाहरू लगायत जनमुक्ति आन्दोलनमा योगदान गरेकालाई सम्मान, सीपमूलक विकास तथा आय आर्जनका कार्यक्रमहरू सञ्चालन गरी आत्मनिर्भर बनाउने नीति लिइने छ । साथै संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना गर्नका लागि जिवन उत्सर्ग गर्ने महान सहिदहरुका नजिकका हकदार आमा, बुवा र श्रीमतीको पहिलो हक अधिकार हुने गरी मासिक रु १००० सहिद स्मृती भत्ता उपलब्ध गराईने छ ।
६. जनसत्तामा किनबेच गरिएका घरजग्गाहरुलाई स्थानीय सरकारले पहल गरी दुबै पक्षलाई सहज हुने गरी मेलमिलाप बाट समस्याहरुलाई निराकरण गरिने छ ।
७. शहिदलाई उच्च सम्मान र स्थापित गर्न सहिद गेट, स्मृति भवन र शहिद पार्क, स्तम्भ आदी निर्माण र नामाकरण गरिने छ ।
८. गाउँपालिकाभित्रका महिलाहरूका लागि आय आर्जन गरी आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम तथा कार्यक्रम सञ्चालन गरिने छ ।
च. रोजगारी तथा सामाजिक न्याय
१. बेरोजगार जनशक्तिलाई रोजगारीको अवसर सृजना गर्न प्रधानमन्त्री, मुख्यमन्त्री, युवा रोजगार र गाउँपालिका रोजगार कार्यक्रम मार्फत रोजगारीको सुनिश्चता गरिने छ । साथै श्रमप्रति आकर्षण विकास र सम्वृद्धिका समग्र योजना, तथा कार्यक्रममा स्थानीय स्रोत साधन र जन परिचालन गर्ने नीति लिइने छ ।
२. बालबालिकालाई वर्तमानका साझेदारीको रूपमा ग्रहण गर्दै बाल अधिकार संरक्षण, बाल सहभागिता र बालविकासका लागि नीति र योजना बनाई कार्यान्वयन गरिने छ ।
३. अपाङ्गता भएका बालबालिकालाई विद्यालय भर्नामा प्राथमिकता र शिक्षण सिकाइ पद्धति तथा पाठ्यक्रम अपाङ्गमैत्री बनाई गुणस्तरीय शिक्षामा अपाङ्गता भएका सबै बालबालिकाहरूको पहुँच वृद्धि गर्ने नीति लिइने छ ।
४. अपाङ्गता भएका व्यक्तिको हक हितको संरक्षण गर्दै जीवनयापनका लागि आत्मनिर्भर हुने खालका सीपमूलक तथा आय आर्जन कार्यक्रम बनाई कार्यान्वयन गरिने छ ।
पूर्वाधार क्षेत्र
क. सडक तथा पुल
१. सडक गुरु योजना तयारी गरी विकासका कार्यलाई दिगो र प्रभावकारी बनाउन सडकहरूको वर्गीकरण गरी गाउँपालिका र वडापालिकाको केन्द्र जोड्ने सडक, छिमेकी नगरपालिका र गाउँपालिका, अन्तर जिल्ला र प्रदेश जोड्ने रणनीतिक महत्वका सडकहरूलाई प्राथमिकताको आधारमा बजेट व्यवस्था गरी स्तरोन्नति गरिने छ । र, नयाँ सडक निर्माण गर्ने भन्दा विद्यमान निर्माणधीन सडकलाई विस्तार गरिने छ ।
२. विकासका पूर्वाधार निर्माणका कामहरूलाई व्यवस्थित, गुणस्तर बनाउनका लागि एक वडा एक प्राविधिकको व्यवस्था गर्ने नीति लिईने छ साथै विकास निर्माणमा जनपरिचालन गरी काम सम्पन्न गर्ने नीति अबलम्बन गरिने छ । र, ट्रयाक ओपन भएका सडकहरुलाई स्तरबृद्धिमा प्राथमिकता राखि बजेटको व्यवस्था गरिने छ ।
३. २० लाखभन्दा मुनिका भौतिक पूर्वाधार निर्माणका आयोजनाहरू उपभोक्ता समिति मार्फत सञ्चालन गरिने छ ।

ख. सिंचाइ
१. दीगो र भरपर्दो सिंचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादनमा वृद्धि गर्न स्रोत भएसम्म सिंचाइ सुविधा उपलब्ध गराइने छ ।
२. सिंचाइविहीन तर उर्वर भूमिलाई उत्पादनशील भूमिमा परिणत गर्न लिफ्ट सिचाइ, आकासे पानी, पोखरी र थोपा सिंचाइप्रणालीको विस्तार गर्ने तथा परम्परागत सिचाइ कुलो सुधार गर्ने नीति लिइने छ ।
३। भेरी नदी र सम्भावित खोलाहरूबाट लिफ्ट प्रणालीद्वारा खेतीयोग्य जमिनमा सिंचाइको व्यवस्था गरी कृषि उत्पादनमा जोड दिइने छ ।
ग. भवन तथा सहरी विकास
१। भवन आचार संहिता लागू गरी व्यवस्थित बस्ती विकासका कार्यक्रम सञ्चालन गरिने छ ।
२. उर्वर जमिनमा खेती र कम उर्वर जमिन तथा सडक सञ्जाल भएको ठाउँमा बस्ती विकासका लागि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालनमा ल्याइने छ ।
३. सार्वजनिक जमिन प्रयोग तथा उक्त जमिनमा निर्माण भएका भौतिक संरचनालाई करको दायरामा ल्याउने र सार्वजनिक जमिनलाई अतिक्रमण हुने कार्यलाई दण्डनीय बनाउने नीति लिइने छ ।
घ. सञ्चार
१. दूर सञ्चारतर्फ ल्यान्ड लाइन फोन सञ्चालनका लागि संघ र प्रदेश सरकारसँग गरिएको अनुरोध बमोजिम फोर—जि को काम शुरु भएको र यसलाई तुरुन्त कार्यान्वयनमा ल्याईने छ ।
२. सञ्चार सेवा नपुगेका बस्तीहरूमा सेवा उपलब्ध गराउने नीति लिइने छ । भने गाउँपालिकाभित्र सामुदायिक रेडियो सञ्चालनमा साझेदारी गर्ने नीति अबलम्बन गरिने छ ।
ङ ऊर्जा, लघु तथा साना जलविद्युत
१. आर्थिक वर्ष २०७८÷०७९ सम्म सबै वडापालिकाको कार्यालय र गाउँबस्तीहरूमा विद्युतीकरण गरी ‘उज्यालो कुमाख’ बनाउने अभियानलाई निरन्तरता दिइने छ ।
२. वैकल्पिक नवीकरणीय ऊर्जाको उत्पादन र उपयोगमा ऊर्जा क्षमता बढाई सबैको पहुँच सुनिश्चित गर्ने नीति अनुरूप वैकल्पिक ऊर्जा सम्बन्धी कार्यलाई प्रभावकारी बनाउन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत् सञ्चालन गरिने छ ।
ङ. वन, वातारण तथा विपद् व्यवस्थापन
१. हरित गाउँपालिका बनाउन जलाधार क्षेत्र र पानीका मुहान संरक्षणका लागी वन विशेष अभियानका साथ वन तथा वन्यजन्तु संरक्षित क्षेत्रको विकास गर्ने नीति लिइने छ ।
२. वन क्षेत्र संरक्षण र व्यवस्थापनका साथ वन क्षेत्रभित्रका कुकाठहरू व्यवस्थित गर्ने खाली जमिनमा वृक्षारोपन गर्ने नीति लिइने छ ।
३. विपद्बाट सृजना हुने सम्भावित जोखिम र प्रकोपको सामना गर्न सक्ने गरी खाद्य सुरक्षाको हक, आवासको हक, स्वास्थ्यको हक, रोजगारीको हक, सूचनाको हक जस्ता हकको कार्यक्रम बनाई कार्यन्वयन गरिने छ ।
४. विपद व्यवस्थापनका लागि विपत व्यवस्थापन कोष निर्माण गरिने छ ।
५. जल उत्पन्न प्रकोप नियन्त्रणका लागि निरोधात्मक उपायहरू ९वृक्षारोपन, तटबन्धन जस्ता कार्यक्रम० अबलम्बन गरिने छ ।
६. वातारण संरक्षण गर्न नदी, नाला, बाटो, सार्वजनिक स्थल, खानेपानीका मुहान, सार्वजनिक धारालाई दुषित र फोहोर बनाउने कार्य वातावरणीय हिंसा हुने भएकोले यस्ता स्थानको संरक्षण गर्ने नीति लिइने छ । साथै यस्ता स्थानमा फोहोर फाल्ने व्यक्ति वा संस्थालाई कारबाहीको दायरामा ल्याइने छ ।
७. जलाधार संरक्षण र पर्यावरण संरक्षण नै जीवनको आधारशिला हो । त्यसैले जलाधार र पर्यावरण संरक्षणका लागि आवश्यक जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने छ ।

संस्थागत विकास, सेवा प्रवाह र सुशासन
क. सामान्य सेवा
१. गाउँपालिका तथा वडा कार्यालयबाट प्रदान गरिने दैनिक प्रशासनीक कामलाई जनमुखी, सर्वसुलभ, छिटो, छरितो, प्रविधिमैत्री र प्रभावकारी बनाइने छ । यसका लागि आवश्यक जनशक्ति क्षमता विकास तथा संस्थागत सुदृढीकरणमा विशेष जोड दिइने छ । व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता बाट बञ्चित भएका सेवाग्राहिहरुलाई घटना दर्ता शिविर सञ्चालन गरी सेवा उपलब्ध गराईने छ ।
२. न्याय सम्पादन कार्यलाई प्रभावकारी बनाउन गाउँपालिका तथा वडा केन्द्रमा मेलमिलाप केन्द्रलाई व्यवस्थित गरी न्याय सम्पादनको कामलाई छिटो छरितो बनाउने नीति लिइने छ ।
३. नागरिक सुरक्षा, न्यायिक समितिले गरेका मेलमिलापलाई कार्यन्वयन, सार्वजनिक सम्पत्तिको सुरक्षा तथा विकास निर्माणमा परिचालित हुने गरी कार्यविधि बनाई गाउँ प्रहरी गठन गरी परिचालन गरिने छ ।
४. स्थानीय तथ्याङ्क संकलन तथा अभिलेख व्यवस्थापन कार्यलाई प्रविधिमा आधारित बनाउनका लागि आवश्यक मानवीय क्षमता विकास र संस्थागत क्षमता विकास गरिने छ ।
ख. सुशासन प्रवद्र्धन
१. स्थानीय सरकारबाट हुने हरेक काम कारबाहीहरूको पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिता सुनिश्चित गरिने छ ।
२. सञ्चालित विकास आयोजनाहरूको दीगोपन र प्रभावकारिताका लागि निरन्तर अनुगमन र निगरानी गरिने छ ।
३. कामको प्रगति विवरण सम्बन्धित शाखाले कार्यपालिकाको बैठकमा प्रस्तुत गर्नु पर्ने प्रावधान लागू गरिने छ ।
४. गाउँपालिकाभित्रका सार्वजनिक संस्थाको सम्पत्तिलाई व्यवस्थित गर्ने नीति लिइने छ ।
ग. अनुसन्धान तथा विकास
१. हचुवाको भरमा गरिने विकासले जनतामा प्रत्यक्ष अनुभूति दिन नसकिने भएकोले आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण, सेवाप्रवाह लगायतका आयोजनाहरू छनौट र कार्यान्वयन गर्दा अनुसन्धानात्मक पद्धतिलाई अबलम्बन गरी कार्यान्वयनमा ल्याइने छ । यसका लागि अनुसन्धान कार्यलाई प्रोत्साहन गरिने छ ।
अन्त्यमा, नीति तथा कार्यक्रम तर्जुमा गर्दा मार्गनिर्देशन दिनु हुने विषयगत समितिका संयोजकहरू, गाउँ सभाका सदस्यज्यूहरू, कार्यालयका कर्मचारीहरू, शिक्षक वुद्धिजिविहरू, राजनीतिक दलका प्रतिनिधिहरू र पत्रकारहरूप्रति हार्दिक धन्यवाद प्रकट गर्दछु । गाउँपालिकाको आर्थिक सामाजिक विकासमा निरन्तर सहयोग पुर्याउने संघीय सरकार, प्रदेश सरकार, विभिन्न संघसंस्थाहरूप्रति हार्दिक आभार प्रकट गर्दछु । साथै, यो नीति तथा कार्यक्रम कार्यान्वयनमा सम्पूर्ण जनप्रतिनिधिहरू, राजनीतिक दलहरू, विकासप्रेमी जनसमुदायहरूको पूर्ण सहयोग र सहभागिता हुने विश्वास लिएको छु ।
२०७८ साल असार १८ गते, शुक्रबार ।
धन्यवाद
प्रस्तुतकर्ता
कुमाख गाउँपालिका प्रमुख (अध्यक्ष)
दिलमाया बुढामगर गिरी